16th June, 2016
एसएलसी
सुरुवातको ८२ वर्षपछि पहिलो पटक कोही फेल नहुनेगरी परीक्षाको नतिजा सार्वजनिक भएको
हो । परीक्षा नियन्त्रण कार्यालयले बिहिबार
अपरान्ह नतिजा सार्वजनिक गरेको हो । ग्रेडिङ
प्रणालीमार्फत सार्वजनिक नतिजामा कोहि विद्यार्थी फेल भएका छैनन्
नियमिततर्फ चार लाख ३७ हजार तीन सय २६ एकजामटेडतर्फः १ लाख
५० हजार ८ सय २६ गरी परीक्षामा ५ लाख ८८ हजार एक सय ५२ जना सहभागि भएका
थिए ।
सार्वजनिक नतिजाअनुसार
नियमिततर्फ
३.६
देखि ४ जीपीए ल्याउने १६ हजार ४ सय ४५ जना रहेका छन् ।
३.२
देखि ३.६ जीपीए ल्याउने ४१ जार ५ सय ७७ जना रहेका छन् ।
२.८
देखि ३.२ जीपीए ल्याउने ४८ हजार ६ सय ११ जना रहेका छन् ।
२.४
देखि २.८ जीपीए ल्याउने ६३ हजार १ सय ८१ जना
रहेका छन् ।
२.०
देखि २.४ जीपीए ल्याउने ९४ हजार ७ सय १६ जना रहेका छन् ।
१.६
देखि २.० जीपीए ल्याउने १ लाख ४ हजार २ सय ७८
जना रहेका छन् ।
१.२
देखि १.६ जीपीए ल्याउने ५६ हजार ७ सय ६३ जना रहेका छन् ।
०.८
देखि १.२ ल्याउने ८ हजार
०.०
देखि ०.८ ल्याउने ११
……………………………………………………………………………………………………..
रेगुलर
तर्फः उमेर नपुगेका १६ जना
सैद्धान्तिक
परीक्षामा अनुपस्थित १७३३ जना
प्रयोगात्मक
परीक्षामा अनुपस्थित १८०० जना
क्यान्सिल
१८८ जना
ड्रप
आउट ६ हजार ८ सय ७८
निश्काशित
१ जना
सार्वजनिक
नतिजाअनुसार एक्जामटेडतर्फ
३.६
देखि ४ जीपीए ल्याउने ४ जना
३.२
देखि ३.६ जीपीए ल्याउने ८ जना
२.८
देखि ३.२ जीपीए ल्याउने ९४ जना
२.४
देखि २.८ जीपीए ल्याउने २९४३ जना रहेका छन् ।
२.०
देखि २.४ जीपीए ल्याउन ३९७८० जना रहेका छन् ।
१.६
देखि २.० जीपीए ल्याउने ७५३४० जना रहेका छन् ।
१.२
देखि १.६ जीपीए ल्याउने ३७९३९ जना रहेका छन् ।
०.८
देखि १.२ ल्याउने २४५२ जना
०.०
देखि ०.८ ल्याउने २
………………………………………………………………………………………………..
एक्जामजेडतर्र्फः
उमेर नपुगेका २७ जना
सैद्धान्तिक
परीक्षामा अनुपस्थित १८१ जना
प्रयोगात्मक
परीक्षामा अनुपस्थित ९५२ जना
क्यान्सिल
१९५ जना
ड्रप
आउट ८६७५
निश्काशित
२ जना
………………………………………………………………………………………………
परीक्षा
नियन्त्रण कार्यालयका अनुसार विभिन्न नौ ग्रेडिङमा परीक्षाफल प्रकाशन गरिएको हो ।
ग्रेड प्वाइन्ट
एभरेज (जीपीए)
जीपीए
भनेको अक्षरमा गरिएको विद्यार्थीको मूल्याकंन स्तरीकरणको आनुसांख्यिक मान हो ।
कति जीपीए आए के पढ्न पाहिन्छ ?
प्राप्तांकको वर्गान्तर (प्रतिशतमा)
|
ग्रेड
(.4
को अन्तर)
|
ग्रेड प्वाइन्ट
|
९० वा सो भन्दा माथि
|
4.0
|
(A+)
|
८० देखि ९० को विचमा
|
3.6
|
(A)
|
७० देखि ८० को विचमा
|
3.2
|
(B+)
|
६० देखि ७० को विचमा
|
2.8
|
(B)
|
५० देखि ६० को विचमा
|
2.4
|
(C+)
|
४० देखि ५० को विचमा
|
2.0
|
(C)
|
३० देखि ४० को विचमा
|
1.6
|
(D+)
|
२० देखि ३० को विचमा
|
1.2
|
(D)
|
२० भन्दा कम अंक ल्याउने
|
0.8
|
(E)
|
कति जीपीए आए के पढ्न पाहिन्छ ?
एसएलसीमा
ग्रेड प्वाईन्ट दुई ल्याउने विद्यार्थीले मात्र प्लस टुमा राम्रो विषय पढ्न पाउने भएका
छन् । उच्च माध्यमिक शिक्षा परिषद्का अनुसार लेटर ग्रेडिङ प्रणाली अन्तर्गत बिहिबार
सार्वजनिक भएको एसएलसीको नतिजा (जिपीए) मा दुई ल्याएका विद्यार्थीले मात्र विज्ञान
विषय पढ्न पाउने छन् ।
विज्ञान
विषय पढ्नका लागि एसएलसीमा अनिवार्य विज्ञान र गणितमा सी प्लस अंक ल्याउनुपर्छ । सि
प्लसको अर्थ ५० देखि ६० प्रतिशत अंक भन्ने हुन्छ । विज्ञान पढ्नका लागि अंग्रेजीमा
सी (४० देखी ५० प्रतिशत), सामाजिक र नेपालीमा कम्तीमा डि प्लस (३० देखी ४० प्रतिशत)
अंक हाँसिल गर्नुपर्छ ।
विज्ञान
बाहेक ब्यवस्थापन, तथा मानविकी संकाय अध्ययन गर्न कम्तिमा १ दशमलव ६ जिपीए ल्याउनुपर्छ
। यसको अर्थ कुल पुर्णाङ्कको ३० देखी ४० प्रतिशत अंक हाँसिल गर्नेले ब्यवस्थापन शिक्षा
तथा मानविकी संकाय अध्ययन गर्न पाउँछन् ।ब्यवस्थापन समुह रोज्ने विद्यार्थिले अनिवार्य
अंग्रेजिमा डि प्लस ल्याउनुपर्छ ।
लेटर
ग्रेडिङ सिस्टम अनुसार डी प्लस भन्दा कम अंक पाउने विद्यार्थी ११ कक्षामा भर्ना हुन
पाउँदैनन् । उनीहरुलाई फेल नभने पनि फेल सरह मानिने छ ।
कक्षा
११ को प्राविधिकतर्फ अध्ययन गर्न भने कम्तिमा १.६ जिपीए ल्याउनुपर्छ । यसका लागी विज्ञान,
गणित र अंग्रेजिमा सि ग्रेड, सामाजिक र नेपालीमा डि प्लस ल्याउनुपर्छ ।
एसएलसीको नतिजा कसरी हेर्ने
यस वर्षको एसएलसीको नतिजा सार्वजनिक भएको छ। बिहिबार दिउँसो परीक्षा नियन्त्रण कार्यालयले नतिजा सार्वजनिक गरेको हो। नतिजा हेर्नका लागि यसो गर्नुहोस्।
वेवसाइट मार्फत जानका लागि यहाँ क्लिक गर्नुहोस्
source: soce.gov.np |
www.moe.gov.np
www.doe.gov.np
www.soce.gov.np
www.slc.ntc.net.np
www.edukhabar.com
educationsansar.com
एसएमएस मार्फत यसो गर्नुहोस्
SLC<सिम्बोल नम्बर> टाइप गरेर तलका नम्बरहरूमा पठाउनुहोस्
३५५६६, ३५००१, ३४९४९, ५००६, १६००, ३२३३३, ३३६२४ मा पनि एसएमएस गरेर आफ्नो नतिजा प्राप्त गर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।
एसएलसी परीक्षाको नतिजा सार्वजनिक
यस वर्षको एसएलसी परीक्षाको नतिजा सार्वजनिक भएको छ। बिहीबार दिउँसो परीक्षा नियन्त्रण कार्यालयले नतिजा सार्वजनिक गरेको हो।
पनिकाले यस वर्षदेखि पहिलोपटक एसएलसी परीक्षाको नतिजा ग्रेडिङ प्रणालीमा सार्वजनिक गरेको हो।
ग्रेडिङ प्रणालीमा कुल चार ग्रेड प्वाइन्ट एभरेज (जीपीए) मध्ये विद्यार्थीको प्राप्तांक अनुसार नौ तहमा वर्गीकरण गरेर नतिजा प्रकाशन गरिएको परीक्षा नियन्त्रक कृष्ण काप्रीले बताए।
परीक्षामा नियमित, आंशिक तथा प्राविधिक धारका छात्रा र छात्र गरेर गरेर कुल ६ लाख १५ हजार ५ सय ५३ जना सहभागी भएका थिए । पनिकाको तथ्यांकअनुसार यस वर्ष छात्रका तुलनामा ३६ हजार १ सय ३५ जना बढी छात्रा परीक्षामा सहभागी थिए ।
कुल परीक्षार्थीमध्ये सामान्य धारका नियमिततर्फ ४ लाख ५२ हजार ८ सय ८१ जना थिए। तीमध्ये दुई लाख २७ हजार ५ सय ३५ जना छात्रा तथा दुई लाख २५ हजार ३ सय ४६ जना छात्र थिए।
त्यस्तै आंशिकतर्फ ९७ हजार ३६ जना छात्रा तथा ६२ हजार ३ सय ८१ जना छात्र गरेर १ लाख ५९ हजार ४ सय १७ जना सहभागी थिए। प्राविधिक धारका ३ हजार दुई सयजना परीक्षार्थी थिए। त्यसमा १ हजार २ सय ७३ जना छात्रा तथा १ हजार ९ सय ८२ जना छात्र थिए।
एसएलसी परीक्षा गत चैत १८ देखि २९ गतेसम्म सञ्चालन भएको थियो।
गणितमा २३ हजारले ए प्लस ल्याउँदा विज्ञानमा ६ हजारले मात्र
यस वर्षको एसएलसी परीक्षाको नतिजा सार्वजनिक भएको छ। बिहीबार दिउँसो परीक्षा नियन्त्रण कार्यालयले नतिजा सार्वजनिक गरेको हो।
पनिकाले यस वर्षदेखि पहिलोपटक एसएलसी परीक्षाको नतिजा ग्रेडिङ प्रणालीमा सार्वजनिक गरेको हो।
ग्रेडिङ प्रणालीमा कुल चार ग्रेड प्वाइन्ट एभरेज (जीपीए) मध्ये विद्यार्थीको प्राप्तांक अनुसार नौ तहमा वर्गीकरण गरेर नतिजा प्रकाशन गरिएको परीक्षा नियन्त्रक कृष्ण काप्रीले बताए।
परीक्षामा नियमित, आंशिक तथा प्राविधिक धारका छात्रा र छात्र गरेर गरेर कुल ६ लाख १५ हजार ५ सय ५३ जना सहभागी थिए। पनिकाको तथ्यांकअनुसार यस वर्ष छात्रका तुलनामा ३६ हजार १ सय ३५ जना बढी छात्रा परीक्षामा सहभागी थिए।
कुल परीक्षार्थीमध्ये गणितमा २३ हजार ३ सय ३४ जना परीक्षार्थीले ए प्लस ग्रेड ल्याउँदा विज्ञानमा भने ६ हजार ८ सय २७ जना परीक्षार्थीले मात्र ए ग्रेड प्राप्त गरेका छन्। त्यस्तै गणित विषयमा २३ हजार ७ सय १७ जना परीक्षार्थीको ए ग्रेड आएको छ भने विज्ञानमा २० हजार ९ सय ७० जना परीक्षार्थीले मात्र ए ग्रेड प्राप्त गरेका छन्।
२४ हजार ५ सय ५३ जना परीक्षार्थीले गणितमा बी प्लस प्राप्त गर्दै गर्दा विज्ञानमा भने २३ हजार २ सय ८ जना परीक्षार्थीले बी प्लस प्राप्त गरेका छन्।
गणितमा २९ हजार २ सय ५६ जनाले बी, ३३ हजार ३ सय १८ जना परीक्षार्थीले सी प्लस, ४४ हजार १ सय ५४ जनाले सी ग्रेड, ५३ हजार २ सय ६१ जनाले डी प्लस, ५८ हजार ६ सय २९ जनाले डी र १ लाख ४६ हजार ९ सय ३५ जनाले ई ग्रेड ल्याएको परीक्षा नियन्त्रण कार्यालले जनाएको छ।
त्यस्तै विज्ञान विषयमा ३२ हजार ८ सय ४९ जना परीक्षार्थीले बी ग्रेड, ३४ हजार ३ सय ५३ जनाले सी प्लस, ५५ हजार ८ सय ४२ जना परीक्षार्थीले सी ग्रेड, ६७ हजार ८१ परीक्षार्थीले डी प्लस, ८५ हजार ६ सय २५ जना परीक्षार्थीले डी र १ लाख १० हजार २ सय ७४ जना परीक्षाथीले ई ग्रेड प्राप्त गरेको कार्यालयले जनाएको छ।
‘एसएलसी ग्रेडका आधारमा विषय तोक्नु सरकारको काम होइन’
एसएलसी नतिजा आज बिहीबार सार्वजनिक हुँदैछ। विद्यार्थीले यसपालि नम्बर होइन, ग्रेड पाउनेछन्। कोही पास–फेल हुने छैनन्, ग्रेडका आधारमा विद्यार्थीको नतिजा मूल्यांकन हुनेछ।
‘ग्रेड प्वाइन्ट एभरेज’ (जिपिए) भनिने यो प्रणालीले केही अन्यौल भने जन्माएको छ। जस्तो, प्लस–टुमा कुन विषय पढ्न एसएलसीमा कति ग्रेड चाहिन्छ त? वा, फेल नै कोही नभएपछि जसले पनि जेसुकै विषय पढ्न पाउने हो त? जतिसुकै ग्रेड ल्याए पनि रोजेको कलेजमा भर्ना हुन पाइने हो त? होइन।
कुन पढ्न कति?
ग्रेडिङ प्रणालीमा ‘ए–प्लस’ देखि ‘ई’ सम्म वर्गीकरण गरिएको हुन्छ। यसमध्ये ‘डी प्लस’ आउने विद्यार्थीले पनि सरकारी कलेजमा मुस्किलले भर्ना पाउँछन्। त्योभन्दा कम ‘डी’ र ‘ई’ आउने विद्यार्थीलाई व्यावसायिक सीप विकास तथा तालिम केन्द्र (सिटिभिटी) मा प्राविधिक विषयतर्फ लगाउने सरकारी नीति छ। यहाँ एक वर्ष वा पन्ध्र महिनाका विभिन्न तालिम सञ्चालन हुन्छन्।
शिक्षासचिव विश्वप्रकाश पण्डितले जति ग्रेड आए पनि कुनै न कुनै विषय पढ्न र सीप सिकेर गरिखाने वातावरण तयार पार्नु ग्रेडिङ प्रणालीको मान्यता रहेको बताए।
‘डी र ई आए फेल भएको बुझिन्छ। तर, जति अंक ल्याए पनि पढ्न पाउनुपर्छ भन्ने शिक्षा मन्त्रालयको धारणा छ,’ शिक्षासचिव पण्डितले बिहीबार सेतोपाटीसँग भने, ‘उनीहरूका लागि सिटिइभिटीमा प्राविधिक तालिमका अवसर सिर्जना गरिएको छ।’
‘सबैले मास्टर डिग्री, पिएचडी गरेर साध्य छैन। नेपालमा हरेक क्षेत्रमा काम गर्ने ठाउँ छ। जसको योग्यता जति हो उसले त्यही काम गर्ने हो,’ उनले भने।
यसबीच उच्च माध्यमिक शिक्षा परिषदले कुन ग्रेड ल्याउने विद्यार्थीले के विषय पढ्न पाउने भनी तोकिदिएको छ। परिषदले विभिन्न १२ विषयमा ग्रेड प्वाइन्ट एभरेज (जिपिए) तोक्दै कक्षा ११ मा भर्ना हुन कम्तीमा गणित र विज्ञानमा ‘सी–प्लस’, अंग्रेजीमा ‘सी’ र सामाजिक शिक्षा तथा नेपालीमा ‘डी–प्लस’ आवश्यक पर्ने बताएको छ। ‘सी–प्लस’ भन्नाले ५० देखि ६० प्रतिशत अंक बराबर हो।
प्राविधिकतर्फ भने प्रयोगात्मकसहित १० वटै विषयमा ‘सी–प्लस’ ल्याउनुपर्नेछ। उच्चमाध्यमिक विद्यालयको व्यावसायिक संकायमा पढ्न चाहनेले विज्ञान, अंग्रेजी र गणितमा ‘सी’ अनिवार्य ल्याउनुपर्ने व्यवस्था गरिएको छ। सिटिइभिटीले भने ‘सी’ ग्रेडसम्म ल्याएका विद्यार्थीलाई भर्ना लिने निर्णय गरेको शिक्षासचिव पण्डितले बताए। सिटिइभिटीले अनिवार्य अंग्रेजी, गणित र विज्ञान विषयमा ‘सी’ ग्रेड ल्याउनुपर्ने निर्णय गरेको हो। यसका साथै उसले ‘डी’ र ‘ई’ ल्याउनेलाई तालिमको अवसर दिने जनाएको छ।
यो सरकारको काम होइन : डा. माथेमा
शिक्षाविद डा. केदारभक्त माथेमा भने कुन ग्रेड ल्याउने विद्यार्थीले के पढ्न पाउने भनी परिषदले तोक्नेभन्दा कलेजलाई नै छाडिदिनुपर्ने बताउँछन्। ‘धेरै ग्रेड ल्याउनेले विज्ञान पढ्न पाउने वा कम ग्रेड ल्याउनेले व्यवस्थापन तथा मानविकी पढ्न पाउने भन्ने निर्णय सरकारले गर्ने नै होइन,’ उनले सेतोपाटीसँग भने, ‘यसको जिम्मा त कलेजहरूलाई नै छाडिदिने हो।’ भर्नाको जिम्मा कलेजलाई छाडे मात्र अन्यौल अन्त्य हुने उनको भनाइ छ।
परिषद्का उपाध्यक्ष चैतन्य शर्मा सबै विद्यार्थीले उच्चशिक्षा लिन पाउने वातावरण तयार पारिएको बताउँछन्। ‘हामीले विभिन्न वर्गमा छुट्याएर पढ्ने अवसर तयार पारेका छौं,’ उनले भने, ‘ग्रेडिङ प्रणाली नयाँ भएकाले पहिले–पहिले बुझ्न अप्ठेरो हुन्छ।’
शिक्षा मन्त्रालय स्रोतका अनुसार ९० प्रतिशतभन्दा बढी अंक ल्याउने ‘ए–प्लस’ हुन्। पुरानो प्रणालीअनुसार ८० भन्दा बढी ल्याए विशिष्ट श्रेणी मानिन्थ्यो।
नयाँ प्रणालीअनुसार ८०–८९ ‘ए’, ७०–७९ ‘बी–प्लस’, ६०–७० ‘बी’, ५०–५९ ‘सी–प्लस’, ४०–५० ‘सी’, २०–४० ‘डी–प्लस’, २०–३० ‘डी’ र ०–१९ प्रतिशत ल्याउने ‘ई’ ग्रेड हुन्।
यो वर्गीकरणअनुसार सरकारी कलेजमा भर्ना हुन नै कम्तीमा ‘डी प्लस’ ल्याउनुपर्ने भए पनि निजी कलेजले छानीछानी ग्रेडका आधारमा मात्र विद्यार्थी भर्ना लिनेछन्।
समस्याग्रस्त छ : डा. वाग्ले
शिक्षाविद डा. मनप्रसाद वाग्ले भने ग्रेडिङ प्रणालीमा समस्या देख्छन्।
‘यो ग्रेडिङका आधारमा ए–प्लस ल्याउनेको ग्रेड प्वाइन्ट (जिपिए) ४ तोकिएको छ। विज्ञान विषय पढ्न पाँचवटा विषय गरी न्यूनतम २ जिपिए भए पुग्छ। उसो भए २ जिपिए ल्याउने विद्यार्थीले तीनवटा विषयमा शून्य ल्याए पनि केही फरक नपर्ने?’ वाग्लेले भने।
‘विज्ञानमा ९२, गणितमा ९३, अंग्रेजीमा ९३ जिपिए ४ मा परे। बाँकी सामाजिकमा ३१, नेपालीमा ३१ मात्र आयो भने जिपिए १.६ अर्थात् डी–प्लस (२०–४० प्रतिशत) भयो, बाँकी सबैमा शून्य आए जिपिए ०.८, यो सबै जोडेर ८ वटा विषयले भाग गर्दा २.२ जिपिए हुन्छ,’ वाग्लेले भने, ‘२ जिपिए भनेको विज्ञान पढ्न पाउने हो, त्यसो हुँदा तीन वटा विषयमा शून्य ल्याउनेले पनि पायो।’
सरकारले प्रयास राम्रो गरे पनि पर्याप्त ‘होमवर्क’ गर्न नसकेको वाग्लेले टिप्पणी गरे। उनका अनुसार यसले भ्रम र अन्योल सिर्जना गरिदिएको छ। यसैमा आधारित भएर अब बोर्डिङले पनि पाँचवटा विषयमा केन्द्रित भएर विद्यार्थी पढाउन सक्छन्।
साभार: slc board nepal
hseb board nepal
No comments:
Post a Comment