Thursday, August 11, 2016

भविष्यको चिन्ता

प्रविधि परिवर्तनशील छ । प्रविधि कम्पनीहरूको रणनीति पनि आजका लागि मात्रै नभएर भोलिका लागि छन्। ती कस्ता छन्? 
Image result for technology
source: orientationplus

केही साताअघि मात्रै याहूको बिक्रीले प्रविधि क्षेत्रमा ठूलै तहल्का मच्चियो। याहूको बिक्री मात्रै होइन, पछिल्ला ४ वर्षमा कोडाक, नोकियाजस्ता ठूला कम्पनी बन्द हुने घोषणाले पनि संसार स्तब्ध बनेको थियो। उनीहरूको गल्ती के थियो? भविष्यलाई चिन्न नसक्नु उनीहरूको गल्ती थियो। किनकि प्रविधि क्षेत्रमा परिवर्तन यति छिटो भइदिन्छ कि एउटै कारणले धेर वर्षसम्म धेरै ठूला कम्पनीको बजार गुम्न सक्ने डर हुन्छ । पुराना कम्पनीको यस्तै गल्तीबाट पाठ सिकेर हुन सक्छ अहिलेका प्रविधि कम्पनीहरू भविष्यका लागि तम्तयार अवस्थामा छन्। 

उनीहरू अहिलेको बजार रणनीतिका लागि मात्रै नभएर भविष्यको बजारलाई समेत ध्यान दिएर काम गरिरहेका छन्। बजारको माग जतिबेला पनि परिवर्तन हुन सक्छ र जसले प्रयोगकर्ताको परिवर्तित रुचिलाई समात्न सक्छ उनीहरूले मात्रै बजारमा कब्जा जमाउन सक्छ । सन् २००७ मा आइफोन सार्वजनिक हुनुअघि कसैले पनि सोचेको थिएन कि मोबाइल प्रविधि प्रयोगकर्ताले यति धेर रुचाउ“छन् र  डेस्कटपमा आधारित इन्टरनेट सर्भिस दिने कम्पनीहरूले बजार हिस्सा गुमाउछन्। 

सन् १९९० अघि एकछत्र क्यामेरा बजारमा पकड जमाएको कोडाकले पनि डिजिटल क्यामेरास“गको प्रतिस्पर्धामा बजार गुमाएको इतिहास साक्षी नै छ । यस्तै घटनाले सिकाएको पाठले होला सायद अहिलेका एप्पल, फेसबुक र गुगलजस्ता ठूला कम्पनीले भविष्यलाई केन्द्रित गरी आफूलाई तयार पारिरहेका छन्। भर्चुअल रियालिटी र आर्टिफिसियल इन्टेलिजेन्स वा मेसिन लर्निङलाई भविष्यमा अपरिहार्य टेक्नोलोजी मानिन्छ । प्रयोगकर्तालाई वास्तविक संसारजस्तै अनुभूति गराएर विभिन्न अनुभव गराउन सक्ने प्रविधि भर्चुअल रियालिटी र प्रयोगकर्ताको क्रियाकलापमा सघाउ पु¥याउने आर्टिफिसियल इन्टेलिजेन्स अहिले अनुसन्धान र प्रयोगको चरणमा छन्। 

यो वर्ष अमेरिकामा भएको कन्ज्युमर इलेक्ट्रोनिक्स शोमा मात्रै ४० भन्दा बढी कम्पनीले भर्चुअल रियालिटीबारको स्टल राखेका थिए । फेसबुक, एचटीसीजस्ता विश्वकै ठूला कम्पनीहरू भर्चुअल रियालिटीको अनुसन्धान र परीक्षणमा जुटेका छन् र उनीहरू आप्mनो उत्पादन बजार पठाउने अन्तिम तयारीमा छन्। भलै, यो प्रयोगकर्ताले रुचाउने हुन् कि होइनन् परीक्षण हुन बा“की छ । गुगलले एक दशकअघि सुरु गरको आफ्नो चालकरहित कारको महत्व अहिले आएर लोकप्रिय बनेको छ । 

संसारका ठूला सहरमा यस्ताखाले कारको परीक्षण गुडान सुरु भइसकेको छ । र, गुगलकै सिको गर्दै ठूला कार कम्पनीहरू चालकरहित कारको अनुसन्धान र निर्माणका अग्रसर भइसकेका छन्। संसारका अधिकांश ठूला कार कम्पनीहरू यसको भविष्य बुझेर काममा जुटिसकेका छन्। यसैलाई आधार मान्ने हो भने पनि भविष्यको बजार र प्रविधि कसैले बुझेका हुन्नन्। जब एकले सुरु गर्छ र त्यो आम मानिसका लागि काम लाग्ने बन्न जान्छ तब सबैले त्यसलाई पछ्याउन थाल्छन्। 

त्यसैले आज सफल मानिएको प्रविधि र कम्पनी भोलिका लागि तयार नहुने हो भने थाहा छैन, कुन दिन कुन बाढी आएर उनीहरूको साम्राज्यलाई बगाउने हो। फेसबुकले भविष्यको बजारलाई ध्यानमा राखेर आफैंले इन्टरनेट विस्तार गर्ने योजना बनाइरहेको छ । विश्वमा जति इन्टरनेट प्रयोगकर्ता बढ्यो, त्यति उसको प्रयोगकर्ताकोवृद्धिकोसम्भावना कायम रहन्छ र ऊ ड्रोन वा अन्य उपकरणबाट संसारका कुनाकुनामा इन्टरनेट फैलाउन चाहन्छ ।

साथै, उसले विकासोन्मुख देशमा फेसबुक बेसिक नाम दिएर अभियानै सुरु गरकोे छ । अहिले एप्पल र गुगलजस्ता दुवै ठूला कम्पनी आर्टिफिसियल इन्टेलिजेन्सको अनुसन्धानमा पनि व्यस्त छन्। प्रयोगकर्ताको निर्देशन बुझेर त्यसैअनुसार काम गर्न सक्ने स्मार्टफोन प्रविधि विकास गर्नु उनीहरूको उद्देश्य हो। एप्पलको सिरी र गुगलको नाउ अहिले त्यसैको परीक्षण र प्रयोगका रूपमा बुझ्न सकिन्छ । मानिसले बोलेको आधारमा काम गर्न सक्ने र उनीहरूको आवश्यकता बुझेर प्रयोग गर्न सक्ने प्रविधि प्रयोगकर्ताको रुचिमा पनि अग्रपंक्तिमा आइसकेका छन्। यी तीनै ठूलालाई डर के छ भने भोलि जन्मिन सक्ने नया“ प्रविधिले आफ्नो बजार हिस्सा ओगट्न सक्छ र आफ्नो हालत उही नोकिया, कोडाक र याहूको जस्तै नहोस्। 

त्यसैले भविष्यमा सम्भावना बोकेका प्रविधिमा आफैंले अनुसन्धान गर्नु र त्यसै क्षेत्रमा काम गरिरहेका साना कम्पनी र तीसग जोडिएका दक्ष जनशक्ति आफूमा मर्ज गर्नु उनीहरूको ध्याउन्न छ । तीनै ठूला कम्पनीले अहिले इमेज रिकग्निसन, आगुमेन्टेड रियालिटी, भर्चुअल रियालिटी, मेसिन लर्निङजस्ता क्षेत्रमा काम गरिरहेका साना कम्पनीहरू किन्ने र आफूअन्तर्गत राख्ने गरिरहेका छन्। तर, समय सधैं सोचेजसरी अघि बढ्छ भन्ने छैन । भविष्यका लागि सोचेर अनुसन्धान गरिएको आजको अनुसन्धान भोलि बजार उपयोगी नहुन पनि सक्छ । लामो अनुसन्धान गरिएको गुगल ग्लासको असफलतालाई हेर्ने हो भने पनि हामीले यसको उत्तर पाउन सक्छौं ।

~कान्तिपुर दैनिकबाट (2016-08-12 P28)~

No comments:

Post a Comment

Views