भदौ ६, काठमाडौं । अब विद्यार्थीले मोबाइलमै किताब पढ्न सक्ने भएका छन् । विद्यार्थी तथा शिक्षकलाई लक्षित गरी विद्यालय तहका पाठ्यपुस्तक तथा सूचनायुक्त मोबाइल एप्सको विकास भएसँगै यो सुविधा उपलब्ध भएको हो ।
(CDC Nepal: android apps)
(CDC Nepal: android apps)
source:abhiyan com np |
हरेक वर्ष समयमै पुस्तक नपाएर विद्यार्थीले भोग्नुपरेको सास्तीलाई चिर्न पाठ्यक्रम विकास केन्द्रले आइतवारबाट यो व्यवस्था शुरू गरेको हो । ढुवानीको समस्या, सरकारी ढिलासुस्तीजस्ता कारणले विशेषतः दुर्गम क्षेत्रका विद्यार्थी पुस्तक अभावमै आधा वर्षभन्दा बढी समय बिताउन बाध्य हुँदै आएका छन् ।
शैक्षिक सत्र शुरू हुनुअघि मन्त्रीदेखि सम्बन्धित अधिकारीहरूले समयमै पुस्तक पु¥याउने प्रतिबद्धता व्यक्त गर्दै आए पनि सधैं अधुरै रहने गरेको थियो । त्यसकारण, हरेकजसोको हातमा मोबाइल पुगिसकेको वर्तमान अवस्थामा पुस्तक पुर्याउनतिरभन्दा पनि मोबाइल एप्स बनाउन पाठ्यक्रम विकास केन्द्रलाई विभिन्न व्यक्ति तथा क्षेत्रबाट सुझाव दिने क्रम बढ्न थालेको थियो ।
‘समयको माग र सबैको सुझावअनुरूप हामीले सीडीसी नेपाल नामक एप्स निर्माण गरी सार्वजनिक गरेका छौं,’ केन्द्रका प्रवक्ता टुकराज अधिकारीले भने, ‘यति भएपछि सम्भव भए विद्यार्थीले नभए शिक्षक, अभिभावकले एप्सका माध्यमले पाठ्यपुस्तक डाउनलोड गरी प्रिण्ट गरेर पनि पढ्न पढाउन सक्नेछन् ।’ उपलब्ध सामग्री एण्ड्रोइड एप्स सुविधा भएका मोबाइलका माध्यमबाट प्राप्त गर्न सकिनेछ ।
![]() |
source:cdcnepal |
हाल कक्षा १ देखि १० सम्मका पाठ्यक्रम र कक्षा ६ देखि ९ सम्मका पाठ्यपुस्तक तथा केही सूचनाहरू एप्समा राखिएको छ । पाठ्यक्रम परिमार्जन भएअनुरूप नयाँ पाठ्यपुस्तक तथा आवश्यकताअनुरूप अन्य सामग्री थप गर्दै लैजाने प्रवक्ता अधिकारीले जानकारी दिए । ‘अब छिट्टै नै कक्षा १ देखि ५ सम्मका पुस्तक पनि हाल्छौं । १० को चाहिँ नयाँ पाठ्यक्रम आएपछि हाल्ने योजना छ,’ उनले भने, ‘यदि कतै पुरानै पाठ्यक्रमअनुरूपको पाठ्यपुस्तक पनि उपलब्ध नभएको खबर पाए हालकै पाठ्यपुस्तक पनि राख्नेछौं ।’
केन्द्रले प्रारम्भिक बालशिक्षादेखि कक्षा १२ सम्मकै पाठ्यक्रम तथा पाठ्यपुस्तक एप्समा राख्ने योजना बनाएको छ । साधारण धार मात्र नभई केन्द्रले प्राविधिकतर्फको कक्षा ९ देखि १२ सम्मकै पशुविज्ञान, सिभिल इञ्जिनीयरिङ, कम्प्युटर इञ्जिनीयरिङ, इलेक्ट्रिकल इञ्जिनीयरिङ र वनस्पति विज्ञानको पाठ्यक्रम तथा पाठ्यसामग्रीलाई पनि एप्समा समावेश गर्ने भएको छ । पाठ्यक्रम तथा पाठ्यपुस्तकबाहेक सीडीसी नेपाल एप्समा शिक्षक निर्देशिका, मातृभाषाका पाठ्यसामग्री, शिक्षकका लागि थप सामग्री, पाठ्यक्रमसम्बन्धी सूचना तथा जानकारीलगायतको सुविधा पनि रहने बताइएको छ ।
No comments:
Post a Comment