Thursday, July 21, 2016

HSEB: Frequently Asked Question?

हो

 

अब विद्यार्थीहरुको रजिष्टेशन कति कक्षामा हुन्छ ?

कक्षा ११ दुबै कक्षामा हुन्छ

 

उच्च माध्यमिक शिक्षा परिषद्ले २०७३ जेष्ठ गतेबाट सञ्चालन गरेको कक्षा ११ को नतिजा प्रकाशन सम्बन्धित विद्यालयले गर्दछ कि राष्ट्रिय परीक्षा बोर्डले गर्दछ ?

२०७३ जेष्ठ गतेबाट सञ्चालन भएको कक्षा ११ को परीक्षाको नतिजा प्रकाशन राष्ट्रिय परीक्षा बोर्डले नै गर्नेछ

उच्च माध्यमिक शिक्षा परिषद्ले दिंदै आएको स्थायी प्रमाणपत्रमा परिषद्को उपाध्यक्ष परीक्षा नियन्त्रकको हस्ताक्षर थियो भने अब राष्ट्रिय परीक्षा बोर्डको नाममा वितरण हुने स्थायी प्रमाणपत्रमा कसको हस्ताक्षर हुन्छ ?

साविकका Vice Chairman उल्लेख भई छपाइ भएका स्थायी प्रमाणपत्रहरुमा परीक्षा नियन्त्रकको हस्ताक्षर यथावत राखी उपाध्यक्षको हस्ताक्षर गर्ने भनी तोकिएको स्थानमा तत्कालका लागि सदस्य सचिवले हस्ताक्षर गर्ने व्यवस्था मिलाइएको , पछि नयाँ छपाइ हुने स्थायी प्रमाणपत्रमा बोर्डका अध्यक्ष परीक्षा नियन्त्रकको हस्ताक्षर हुनेछ

साविकको .मा.शि.परिषद्को नामबाट छापिएका प्रमाणपत्रहरुमा राष्ट्रिय परीक्षा बोर्डको छाप लगाई नोटमा NB:- "This certificate has been issued by the National Examinations Board pursuant to clause 41 (2) of the Education Act (8th Amendment), 2073 B.S. (2016 A.D.)" भन्ने उल्लेख गरी विद्यार्थीहरुलाई वितरण गर्दा त्यसले विद्यार्थीहरुलाई भविष्यमा कुनै समस्या पर्छ कि पर्दैन ?

विद्यार्थीहरुलाई भविष्यमा कुनै समस्या पर्दैन यदि, फुटनोट लेखिएका शैक्षिक प्रमाणपत्रहरु लिएका विद्यार्थीहरुले पछि उक्त प्रमाणपत्र फिर्ता गरी राष्ट्रिय परीक्षा बोर्डको नामबाट तयार भएका प्रमाणपत्रहरु लिन चाहेमा बिना शुल्क लिन सक्ने व्यवस्था मिलाइएको

माध्यमिक शिक्षाको अन्तिम परीक्षा कति कक्षामा हुन्छ ?

माध्यमिक शिक्षाको अन्तिम परीक्षा कक्षा १२ मा हुनेछ माध्यमिक शिक्षाको कक्षा १० को अन्त्यमा हुने परीक्षा आधारभूत तहको अन्त्यमा हुने कक्षा को परीक्षा राष्ट्रिय परीक्षा बोर्डको क्षेत्राधिकार भित्र रहने गरी क्रमशः क्षेत्रीय जिल्लास्तरमा संचालन हुनेछन्

राष्ट्रिय परीक्षा बोर्डको नतिजा अक्षरांक पद्धति (letter Grading) बाटै हुने हो ?

तत्कालका लागि विगतकै प्रकृया अनुसार हुनेछ निकट भविष्यमा नै letter Grading मा जाने गरी तयारी भइरहेको

उच्च माध्यमिक शिक्षा परिषद्बाट प्रदान गरिंदै आएको छात्रवृत्ति अब कसले प्रदान गर्दछ ?

सबै किसिमका छात्रवृत्ति शिक्षा विभागले प्रदान गर्नेछ

उच्च माध्यमिक शिक्षा परिषद्ले गर्दै आएको पाठ्यक्रम सम्बन्धी काम अब कसले गर्दछ ?

पाठ्यक्रम सम्बन्धी सबै काम पाठ्यक्रम विकास केन्द्र, सानोठिमी, भक्तपुरबाट सम्पादन हुनेछन्

परीक्षा लिने निकाय एउटा, विद्यालय स्वीकृत दिने निकाय अर्काे पाठ्यक्रम बनाउने निकाय अर्को गरी फरक फरक निकायहरुबाट काम सम्पादन हुने हुँदा कसरी समन्वय हुन सक्दछ ?

शिक्षा ऐनको आठौं संशोधनले माध्यमिक विद्यालयलाई सम्बन्धन दिने, शैक्षिक व्यवस्थापन गर्ने काम शिक्षा विभागले; पाठ्यक्रम निर्माण, परिमार्जन समकक्षता सम्बन्धी काम पाठ्यक्रम विकास केन्द्रले परीक्षाको सञ्चालन व्यवस्थापन सम्बन्धी काम राष्ट्रिय परीक्षा बोर्डले गर्ने भनी स्पष्ट गरेको , यी सबै निकायहरु शिक्षा मन्त्रालय अन्तर्गत नै संचालन हुने भएको हुँदा आपसी सहयोग समन्वयको आधारमा कार्यक्रम सम्पादन गरिनेछ

CTEVT बाट स्वास्थ विज्ञान विषयमा वर्षे अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई उच्च माध्यमिक शिक्षा परिषद्बाट लिइँदै आएको Pre-requisite course को परीक्षा अब कसले संचालन गर्छ ?

राष्ट्रिय परीक्षा बोर्डले नै गर्दछ

अब दूर शिक्षा प्रणाली अनुसार दिइने भनिएको विद्यालय शिक्षाको अनुमति प्रदान, पाठ्यक्रम निर्माण परीक्षा संचालन कसले गर्छ ?

विद्यालयको स्वीकृति शिक्षा विभागले, पाठ्यक्रम निर्माणको काम पाठ्क्रम विकास केन्द्रले परीक्षा संचालन राष्ट्रिय परीक्षा बोर्डले गर्ने व्यवस्था गरिएको

साविकको परिषद्का जिल्लास्थित कार्यालयहरुबाट वितरण हुदै आइरहेका प्रमाणपत्रहरु अब कसरी वितरण हुन्छ ?

साविकका जिल्लास्थित कार्यालयहरुलाई नै राष्ट्रिय परीक्षा बोर्डको शाखा कार्यालयको रुपमा रुपान्तरण गरी तिनै शाखा कार्यालयहरुबाट नियमित रुपमा प्रमाणपत्रहरु वितरण हुने व्यवस्था गरिएको अब ७५ वटै जिल्लामा जिल्ला शिक्षा कार्यालयसित आवद्ध रही राष्ट्रिय परीक्षा बोर्डको बिस्तार गरिने कार्यक्रम रहेको

अब हुने कक्षा १० को वार्षिक परीक्षा कसले संचालन गर्दछ ?

राष्ट्रिय परीक्षा बोर्डको मातहतमा एस.एल.सी. (कक्षा १०) को परीक्षा नियन्त्रण कार्यालयबाट संचालन हुनेछ ।राष्ट्रिय परीक्षा बोर्डको मातहतमा एस.एल.सी. (कक्षा १०) को परीक्षा नियन्त्रण कार्यालयबाट संचालन हुनेछ

राष्टिय परीक्षा बोर्डले कसरी परीक्षा सञ्चालन गर्दछ?

परीक्षालाई जिल्ला तहमा व्यवस्थित तथा मर्यादित रुपमा संचालन गर्नको लागि प्रत्येक जिल्लामा देहायका सदस्यहरु रहेको जिल्ला परीक्षा समन्वय समिति गठन गरिएको :

) प्रमुख जिल्ला अधिकारी -                           सदस्य 
) प्रमुख, जिल्ला प्रहरी कार्यालय-                     सदस्य 
) प्रमुख, जिल्लास्थित नेपाली सेना-                  सदस्य 
) प्रमुख, जिल्लास्थित ससस्त्र प्रहरीबल -           सदस्य 
) प्रमुख, जिल्लास्थित राष्टिय अनुसन्धान विभाग- सदस्य 
) जिल्ला शिक्षा अधिकारी-                             सदस्य सचिव

कक्षा १२ को माध्यमिक शिक्षा उत्तीर्ण प्रमाणपत्रको मान्यता कुन तह सरहको हुनेछ ?


साविकको प्रविणता प्रमाणपत्र तह वा साविकको उच्च माध्यमिक तह उत्र्तीण गरे सरह हुनेछ

Source: 
http://www.neb.gov.np/faq#collapseTwo

Views