Saturday, May 14, 2016

नयाँ ट्राफिक जरिवाना कार्यान्वयन बिहानैबाट सुरु

शनिबार, जेठ १, २०७३

महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले नयाँ जरिवाना आजबाट लागू भएको भन्दै स्थगित नभएको प्रष्ट पारेको छ। ट्राफिक प्रहरी महाशाखाका एसएसपी मिलन बस्नेतले आजबाट नयाँ जरिवाना लागू भएको बताए। 'जरिवाना स्थगित गर्नका लागि कहिँकतैबाट निर्दैशन आएको छैन्,' उनले भने
Image result for traffic police activities in Nepal
source: kathmandupost
महाशाखाका डिएसपी ज्ञानेन्द्र पाख्रिनले पनि आजबाट नयाँ जरिवाना लागू भएको जानकारी दिए। डिएसपी पाख्रिनले नयाँ जरिवाना लागू गर्न मातहतका निकायहरुलाई निर्दैशन दिइसकेको बताए। शुक्रबार साँझ भएको छलफलमा यातायत व्यवसायीहरुले नयाँ जरिवाना फिर्ता लिन गृहमन्त्रीसँग आग्रह गरेपछि गृहमन्त्री शक्ती बस्नेतले तत्काल ट्राफिक जरिवाना लागू नहुने भन्दै ढुक्क रहन आग्रह गरेको नेपाल यातायत व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले बताए।
'गृहमन्त्रीसँग ट्रेड युनियन हामीहरुले गरेको छलफलमा निर्णय तत्काल स्थगन गर्ने सहमति भएको ', उनले भने 'दुई चारदिन भित्र छलफल गरेर नयाँ जरिवाना लागू गराउने विषयमा निर्णय हुनेछ।' तर गृह मन्त्रालयका प्रवक्ता यादव कोइरालाले यातायत व्यवसायीसँग नयाँ जरिवानाका विषयमा छलफल भएको भन्दै कुनै निर्णय नभएको बताए।  आजबाट निर्णय लागू गर्दै जाने आएका समस्याहरु हल गर्दे जाने विषयमा छलफल भएको उनले बताए।
ललितपुर ट्राफिक प्रहरी प्रमुख सिताराम हाछेँथुले पनि नयाँ जरिवाना बिहानैबाट लागू भएको रोक्नका लागि महाशाखाबाट कुनै निर्देशन नआएको बताएका छन्। यातायात व्यवस्था ऐन ०४९ को दफा १६४ मा रहेको
जरिवानाको व्यवस्थालाई संसोधन गर्दै वैशाखको दोस्रो साता जरिवानामा २० प्रतिशतसम्म बढाइएको थियो। सवारी नियम उल्लघंन गर्नेहरु दिनहुँ बढ्दै गएको त्यसलाई न्युनिकरण गर्नका लागि नयाँ नियम ल्याइएको ट्राफिक प्रहरीले बताएको छ। पहिला न्युनतम ५० रुपैयाँ ट्राफिक जरिवाना थियो भने बढीमा एक हजारसम्म तर नयाँ नियम अनुसार न्युनतम सय बढीमा १५ सयसम्म जरिवाना तोकिएको छ।

आजबाट लागू भएको ट्राफिक जरिवाना
५०० जरिवाना हुने कसुरहरु
 
तोकिएको भन्दा बढि मालसामान राखेमा
सवारीको वजन हद निर्धारण क्षेत्रमा बढि वजनको सवारी चलाएको
सवारीको अन्य भागमा मानिस तथा मालसामान राखेको
प्रयोजन बिपरीत सवारी चलाएको
हेल्मेट नलगाएको
सवारी आवागमनमा बाधा पुरयाएको
७।अरु सवारीलाई खतरा हुने किसिमले सवारी राखेको
छतमा यात्रु बोकेको वा राखेको

१००० जरिवाना हुने कसुरहरु
सवारी चालक अनुमति पत्र प्राप्त नगरी सवारी चलाएको
सार्वजानिक स्थानमा बाधा पुग्ने गरी मालसामान वा सवारी राखेमा
दुर्घटनामा परेको सवारी तथा यात्रीको हानी नोक्सानी पुयाएको वा सम्पर्कमा नआएको
मादक पदार्थ सेवन गरी सवारी चलाएको
सवारी चालक अनुमति पत्र प्राप्त नगरेको व्यक्तिलाई सवारी चलाउन दिएमा
 
१५०० सम्म जरिवाना हुने कसुरहरु
ट्राफिक संकेत वा ईसारा उल्लंघन गरी सवारी चलाएको
सवारी अड्याउन निषेध गरिएको ठाउँ वा समयमा सवारी अड्याएको
सवारी मोड्न वा ध्वनि संकेत दिन निषेध गरिएको ठाउँमा सवारी मोडेको वा ध्वनि दिएको
सडकमा गलत साईड तर्फबाट सवारी चलाएको
एकतर्फि सडकमा सो विपरित सवारी चलाएको
अवस्था ठिक नभएको सवारी चलाएको
निर्धा्रित गतिभन्दा बढी गतिमा सवारी चलाएको
राती बत्ती नबाली सवारी चलाएको
सवारी चलाउन निषेध गरिएको ठाउँ वा समयमा सवारी चलाएको
१० नम्बर प्लेट नराखी सवारी चलाएको
११ सवारीको वजनको हद निर्धारण गरिएको ठाउँमा वजन भन्दा बढी वजनको सवारी चलाएको
१२ पेटी नबाँधी वा हेलमेट नलगाई सवारी चलाएको
१३ सवारीमा बस्ने वा राख्ने मानिस वा मालसामानको हद निर्धारित गरिएकोमा सो हद भन्दा बढी राखी सवारी चलाएको
१४ सार्वजनिक सवारीको चालकले यात्री लिन ईन्कार गरेको
१५ निर्धारित भाडा दर भन्दा बढी भाडा लिई सवारी चलाएको
१६ लापरवाहीका साथ सवारी चलाएको
१७ बाटो ईजाजत पत्र नलिई सार्वजनिक सवारी चलाएको
१८ सवारी चालक अनुमती पत्र, सवारी दर्ता किताब, सवारी इजाजत पत्र साथमा नराखी सवारी चलाएको

श्रोत: nayapatrika

No comments:

Post a Comment

Views