Monday, September 12, 2016

कक्षा १२ को मानविकी, ब्यवस्थापन शिक्षा लगायतका सबै संकायको नतिजा अाज सार्वजनिक हुने ।

भक्तपुर - कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै छ । यसका लागि सबै तयारी सकेर दिउँसो ४ बजे परीक्षा बोर्डको बैठक बोलाईएको राष्ट्रिय परीक्षा बोर्ड श्रोतले जनाएको छ ।



यस अघि भएको विज्ञान बाहेक मानविकी, ब्यवस्थापन शिक्षा लगायतका सबै संकायको नतिजा सार्वजनिक हुने छ । नतिजा एडुखबर मार्फत् थाह पाउन सक्नु हुने छ ।  

परीक्षामा सहभाथि ३ लाख ४६ हजार ४ सय २७ परीक्षार्थी मध्ये यस अघिनै विज्ञान संकायमा झण्डै ४० हजार विद्यार्थीको नतिजा सार्वजनिक भईसकेको छ । राष्ट्रिय परीक्षा बोर्डले गत साउन २३ गते विज्ञान संकायको नतिजा सार्वजनिक गरेको थियो ।

बोर्डका निमित्त परीक्षा नियन्त्रक सन्तोष अर्यालले नतिजा सार्वजनिक गर्न आवश्यक तयारीमा ब्यस्त रहेको बताए ।

शिक्षा ऐन लागू भएसँगै उच्च माध्यमिक शिक्षा परिषद् खारेज भएर परीक्षा बोर्ड गठन भएको हो । बोर्ड गठन भएको ३९ औं दिनमा खाली भएको बोर्डको सदस्य सचिवमा गत शुक्रबार मात्रै शिक्षा मन्त्रालयले सह सचिव सूर्य गौतमलाई सदस्य सचिव बनाएर पठाएको थियो ।

श्राेत: http://www.edukhabar.com/news/8221

No comments:

Post a Comment

Views