Tuesday, February 2, 2016

अब निजी सवारीलाई नियमित तेल, भोलि १ देखि ३० लटका बाइकको पालो

१९ माघ, काठमाडौं । नेपाल आयल निगमले निजी सवारीलाई नियमित रुपमा तेल दिन सुरु गरेको छ । निगमले दिन बिराएर निजी सवारीलाई लट तोक्दै तेल दिन थालेेको हो ।
सोमबारसम्म निजी कारलाई तेल दिएको आयल निगमले बुधबारदेखि फेरि निजी मोटरसाइकललाई तेल दिने भएको छ ।
बुधबार काठमाडाैं उपत्यका र अासपासका क्षेत्रमा १ देखि ३० लटका मोटरसाइकललाई पेट्रोल वितरण गर्न लागिएको आयल निगमले जनाएको छ । फेरि शुक्रबार त्यसभन्दा माथिका लटका मोटरसाइकललाई तेल भर्न दिने निगमको योजना छ ।
त्यसलगत्तै मौज्दातको अवस्था हेरेर कारलाई पनि पेट्रोल दिने आयल निगमले जनाएको छ । बुधबार काठमाडौंका ४७ वटा पम्पबाट निजी मोटरसाइकल र स्कुटरले ५  लिटरका दरले तेल भर्न पाउनेछन् ।
तेल भर्न जाने सवारीको ब्लु बुक अनिवार्य रुपमा नवीकरण भएको हनुपर्नेछ । बिहान ९ बजेदेखि नै पम्पहरुमा तेल वितरण सुुरु हने आयल निगमले निकालेको सूचनामा उल्लेख छ ।
भोलि तेल वितरण हुनेपम्पमा आजनै तेल पठाइनेछ । आयल निगमले एक साता अघि पनि मोटरसाइकलका लागि लट अनुसार तेल वितरण गरेको थियो ।

No comments:

Post a Comment

Views