Sunday, January 24, 2016

दुवइमा त बबाल छ दाजु


साथीभाइ सबै बाहिर हानिएपछि घरमा उनलाई पनि विदेश जानैपर्ने दवाव आयो। गएको माघमा विश्वलाल यादवले जनकपुरबाट दुवइको यात्रा गरे। दुवई नपुगेसम्म उनको नसा-नसामा थोरै काम र धेरै राजनीति दौडिन्थ्यो। ‘नेपालको पानीनै त्यस्तै छ दाजु, जताततै राजनीति,’ उनले भने, ‘हाम्रो राजनीति त कुरा मात्र छाँटन जान्ने। काम गर्न नजान्ने।’ दुवइ पुगेपछि उनको कर्म र विचार दुवै परिवर्तन भयो।
यादव तीनै ब्यक्ति थिए जो गएको महिना दुवई एयरपोर्ट हुँदै चल्ने ‘दुवइ मेट्रो’ रेलमा ‘मल अफ दुवइ’ जानेक्रममा भेट भएको थियो। एक वर्षपछि गएको साता उनी नेपाल फर्किए। फ्लाई दुवइको दाहिने तर्फको २१, २२ नं. को सिटमा बसेर काठमाडौंसम्म चारघण्टाको दूरी सँगै छिचोल्यौँ हामीले।
‘दाजु संसार त कति सानो छ है?,’ मसँग कुरा गर्दै अमेरिकातिर कृषिको सम्भावना कस्तो छ?’ भन्ने विषयवाट परिचयतर्फ लागे यादव।
उनले बत्तिस वर्षसम्म बुझेको नेपाल र एक वर्षमा बुझेको दुवइलाई यादवकै मुखबाट सुन्दा मलाई लाग्यो- विदेश जानेको लर्को देखेर देश दुःखी हुनुपर्ने होइन रहेछ। विदेशको माटोमा पसिना बगाइरहेका लाखौं नेपालीले उठाएको रेमिट्यान्सले देशको अर्थतन्त्र मात्र धानेको छैन। नेपालको राजनीतिलाई पनि सुधारेको छ।
‘मेरा आँखा फुटेका छन् र? अब राजनीतिमा किन लागिन्छ र दाजु! बरू आफ्नै खेतमा काम गरेर खाने हो,’ देशको गएगुज्रेको राजनीतिले दशकदेखि बिगारेको युवा मनोविज्ञानलाई इंगित गर्दै यादवले भने,‘ खाडी मुलुकमा गएर मैले बगाएको पसिना र आँशुले कमाएको मासिक ४० हजारभन्दा बढी खुसी आफूलाई परिवर्तन गर्न सकेछु।’
नेपालबाट दैनिक हजारौं संख्यामा बाहिरिने नेपाली विदेशमा सुख खोज्न हिँडेका हुन्। देशको राजनीति र पारिवारिक स्थितिले दिग्दार मानेर विदेसिएका नेपालीको अनुहारमा दुःख हेर्न मन लाग्दैन। मलाई दुःखले बाहिरिएका अनुहारमा सकभर खुसी हेर्न मन लाग्छ। त्यसैले मैले भेटेका अधिकांश पात्रहरूबारे कमै समाचार आउँछन्।
तर, नेपालको पछिल्लो यात्रामा भेटिएका यादव मेरा लागि फरक पात्र हुन्।
यादवलाई दुवइमा गरेको जस्तो दुःख जनकपुरमा कहिल्यै गर्नुपरेको थिएन। दुई केटाकेटी कसरी स्कुल जान्छन् भन्ने उनलाई केही चिन्ता थिएन। घरमा श्रीमतीले रोटीको जुवाड कसरी गर्थिन् त्यो उनले बिहे गरेदेखि बुझ्ने कोशिश गरेनन्।
बाबुले जोडेको सानो खेतबाट आएको अन्नले ‘देश खत्तम भयो, देशले हामीलाई केही गरेन’ भन्ने गुनासो मात्रै बोकेर साढे एक दशक बिताए। तर, एक वर्षअघि दुवइ पुगेका उनलाई आफू भित्र रहेका यस्ता विचार परिवर्तन गर्न समय लागेन।
‘कहिल्यै काम नगर्ने बानी बस्यो दाजु हाम्रो, अर्काको बारी हेरेर त्यसै पेट भरिन्छ र ? दुवइले बालुवामाथि हरियो उमारिसक्यो। हामीले त माटो माथि पनि हरीयो उमार्न सकेनौं।’
यादवले भनेजस्तै एक दशकको अन्तरमा दुवइले मरूभूमिको स्वरूपलाई परिवर्तन गरेर हरियाली बनाएको छ। यादवले आफ्नै आँखाले यो सब देखेर आए।
दुवइले पछिल्लो एकवर्षमा उनलाई काम र कानुनप्रति नागरिकको उत्तरदायित्वमात्र सिकाएन, नागरिककै गैर जिम्मेवारीपनले देश बन्न नसक्ने सन्देश पनि दियो।
भाषणले मात्र देश बन्ने होइन भन्ने चुरो कुरो सिक्न उनलाई एक वर्ष दुवइमा परिश्रम गर्नुपर्‍यो। यादव भन्दै थिए, ‘दुवइ कसरी बन्यो भन्ने कुरा सम्झिए मात्र मेरो सबै दुःख कम भएर जान्छ। सिकेर आउनेलेनै देश बनाउने हो दाजु। बाहिर नगए, हामी कहाँ सिक्ने?’
विकशित मुलुकको प्रायः एउटै सिद्धान्त हुन्छ,‘काम र कानुन।’
कुनै पनि देशको विकास गर्नुछ भने जनतालाई काममा लगाएर कानुनभित्र बाँध्न सक्नुपर्छ होइन भने देश विकासको सपना केवल सपनामै सिमित हुन्छ।
‘दुवइमा त ववाल छ दाजु, त्यो देश यसै विकास भएको होइन। काम ठग्न पाइँदैन। कानुनलाई छिसिक्क छुन पाइदैन,’ यादवले दुवइको इतिश्री सुनाइरहँदा गतवर्ष जर्मनीको फ्रयाङफोर्टस्थित गालस मेट्रो स्टेसनमा भेटिएका नेपालीलाई सम्झिएँ उनले भनेका थिए-जर्मनको पुलिससँग को निहु खोजिराखोस्। यो कानुनले चल्ने मुलुकमा हामीले काम मात्र गर्न सकेपुग्छ।
नेपालमा धुँवा र धुलो खाएर बाटोमा उभिरहने सुरक्षाकर्मीलाई मान्छेको दर्जा दिन नजान्ने नेपालीहरू अमेरिका युरोपजस्ता विकशित मुलुक पुगेपछि सडकमा राखिएका संकेतदेखि डराएर कानुनको पालना गरेको देखेको छु।
यस्तो देखेर र भोगेर स्वदेश फर्किएका नेपाली पुनः नेपाल फर्किदाँ सडकमा थुक्न र कमसेकम फोहोर फाल्न हिच्किचाउँने छन्।
दुवइमा पनि जथाभावि थुक्न पाइँदैन अब यादवले पनि जनकपुरमा जथाभावि थुक्ने छैनन्। ‘अब त मेरो सफा गर्ने बानि परिसक्यो,जनकपुरका सडक पनि सफा राख्ने कोशिश गर्छु।’
बाहिर पुगेर नेपाल फर्किएकाहरू चिसोमा कठाग्रीएर सुरक्षाका लागि बसेका सुरक्षाकर्मीको मुखमै हेरेर निहुँ खोज्दैनन् होला। ठूलो रहर गरेर पुलिसको जागिर खान पुगेका मेरा एक जना आफन्तले गुनासो गरे, ‘मापसे चेकिङ गर्न बाटोमा बसेका बेला कयौंले मुखमा थुकेर हिँडेका छन्। कुन दशाले प्रहरीको जागिर खाइएछ।’
विदेशमा पुगेर फर्किकाहरूले कमसेकम यत्ति चरित्रहिन ब्यवहार गर्दैनन्। विदेशमा गएका नेपालीले रेमीट्यान्ससँगै यस्तै ब्यवहारिक चरित्रहरू पनि बोकेर आउँछन् भने देशमा केही नभएर विदेश पलायन भयौं भन्ने कुरामा हामीलाई किन दुःख? - सेतोपाटी

जाडोमा शिशुको स्याहार


Birgunj border reopens

Birgunj, January 24
Goods, which were obstructed from entering the country through the Raxaul-Birgunj border point for four months due to the agitation of United Democratic Madhesi Front, have started entering the country via Birgunj.
Birgunj Customs Office sources said Indian customs at Raxaul has allowed carts loaded with goods across the border.
Spokesperson Sushil Sharma of the customs office said goods have been entering without obstruction for a week. “We have become quite busy as goods have started entering from India,’ he said.
He added that revenue collection had gone down to zero due to the border blockade and Tarai agitation in the last four months. “Around Rs 30 lakh is being collecting on a daily basis now,” he informed.
Carts loaded with different goods had entered from Raxaul Customs yesterday.
Importers cleared customs on the Indian side during the day time and they brought the goods to Nepal at night.
Agitating cadres of United Democratic Madhesi Front did not cause any obstruction when the goods were brought through the Miteri Bridge.
The number of agitating UDMF cadres staging sit-in at the bridge had declined due to the severe cold that has gripped Madhes.
Raxaul Customs said goods, including clothes, shoes, slippers, hardware items and plastic, among others, had entered through the border check point.
Meanwhile, Parsa Chief District Officer Keshab Raj Ghimire said that Indian Customs had been releasing the goods for some days. “Border entry points in other places have already opened,” he said.
The UDMF has been protesting against the constitution with their demand for province demarcation for the last five months.
They have been staging a sit-in protest at the Raxaul-Birgunj border point from September 24.

रंगेली घटनाका परिवारको बिचल्ली

अवधेशकुमार झा, डायनिया (मोरङ)
माघ ११, २०७२- साढे पाँच महिनादेखिको मधेस आन्दोलनमा उनी कहिल्यै सहभागी भएनन् । तर, गत बिहीबार घरनजिकको प्रदर्शनमा टोलका सबै गइरहँदा डायनिया ९ का शिवु माझीको मन थामिएन । अर्काकै जमिनमा ठडिएको दुईकोठे घर छाडेर उनीहरूसँगै मिसिएका माझी कहिल्यै घर नफर्किने गरी संसारबाट बिदा भए ।
मोरङको पुरानो सदरमुकाम रंगेलीमा युवा संघ नेपालले गरेको सभा बिथोल्ने क्रममा मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भयो । त्यसको प्रभाव नजिकको डायनिया बजारमा पनि नपर्ने कुरा थिएन । त्यहाँ युवा संघका कार्यकर्ता चढेको बसमा आगजनीपछि भएको झडपमा प्रहरीको गोली माझीलाई लाग्यो । २७ वर्षका उनी सुकुम्बासी हुन् । ‘कमाउँथ्यो अनि खान्थ्यो,’ ठुलीआमा रञ्जोदेवीले भनिन्, ‘ऊ कुनै पार्टीमा लागेको थिएन, नाङ्लो बुन्दै र बनिबुतो गरेर परिवारलाई जेनतेन पाल्दै आएको थियो ।’ त्यही घर पनि नाङ्लो बुनेर कमाएको पैसाले बनाएका थिए ।
 
उनको मृत्युको खबरयता पत्नी शिखादेवीका आँखा ओभाएका छैनन् । नाबालिका दुई छोरी वर्षा र भूमिका तथा ४ वर्षीय छोरा राहुल अझै बुबा आउने आशामा छन् । ‘बच्चाहरू केही बोल्न सकिरहेका छैनन्, श्रीमती छिनछिनमा मुर्छा पर्छिन्,’ रञ्जोदेवीले भनिन्, ‘यी लालाबालाको अभिभावकत्व मात्र नभई मुखको आहारा पनि छिनियो ।’ 

रंगेलीमा निधन भएकी द्रौपदीदेवीका बुहारी, छोरी र आफन्त।

शिवुका बुबा काशीलाल पत्नी र कान्छा छोरासहित रोजगारीका लागि भारतको पन्जाबमा छन् । घरको आर्थिक अवस्था दयनीय भएपछि जेठा छोराबुहारीलाई घरमा राखेर काशीलाल भारततिर हानिएका हुन् । ‘कहिल्यै आन्दोलनमा जानुहुन्नथ्यो,’ पत्नी शिखा भक्कानिइन्, ‘त्यो दिन कुन काल आयो र मेरो सहारालाई सदाका लागि लगिदियो । यी तीन लालाबालालाई कसरी पाल्नु, मेरो त जीवन नै उजाडियो ।’

धार्मिक परम्पराअनुसार शवको सदगत नहुन्जेल घरमा खाना नपाक्ने चलन रहेकाले चार दिनयता चुलो बलेको छैन । छोराछोरी छिमेकीले दिएको खानेकुराले भोक मेटाउँदै आएका छन् । शिवुको शव बिहीबारदेखि विराटनगरस्थित कोसी अञ्चल अस्पतालको शवगृहमा छ ।
रंगेलीमै मारिएका बरडंगाका महादेव ऋषिदेवको परिवार ।

अर्का मृतक महादेव ऋषिदेवका परिवारको पनि उस्तै बेहाल छ । बरडंगा ३ का उनको घर ऐलानी जग्गामा बनेको छ । कुनै राजनीतिक दलका सदस्य थिएनन् । खुट्टा सुनिने समस्याले ग्रसित पत्नी सीतालाई शुक्रबार विराटनगर लगेर चिकित्सकसँग भेटाउने वाचा गरेर घरबाट निस्किएका थिए । तर, रंगेली बजारमा जुलुसमा सामेल हुँदा उनलाई गोली लाग्यो । उपचारका क्रममा विराटनगरस्थित गोल्डेन अस्पतालमा मृत्यु भयो ।

‘गोली लाग्यो भनेर कसैले सुनाए, विश्वास लागेन,’ सीताले भनिन्, ‘गाउँका मानिसले रेडियो खोलेर समाचार सुन्दा मृत्यु भइसकेको थाहा पाएँ ।’ सद्भावना अध्यक्ष राजेन्द्र महतोसहितको टोली शनिबार उनको घरमा पुग्दा उनी पटक–पटक मुर्छित भइन् । महादेवलाई जुलुसमा नजान पत्नी र छोराछोरीले पनि आग्रह गरेका थिए । टोल, छिमेकका सबै गएर आफू नजाँदा नराम्रो भइने बताउँदै उनले मानेनन् । कौशिला र कल्पना दुई छोरी तथा दीपेन्द्र, अरुण र रविन तीन छोरा गरी पाँच सन्तान छन् । खेतीकिसानी र बनिबुतो गरेर परिवार चलाउँदै आएका थिए । 

रंगेलीकै हिंस्रक झडपमा परी बिहीबार मृत्यु भएकी द्रौपदीदेवी चौधरी छोरी भेटेर घर फर्किंदै थिइन् । त्यस क्रममा उनलाई जुलुसको रमिता हेर्न मन लाग्यो । त्यत्तिकैमा झडप सुरु भयो र अस्पताल चोकमा प्रहरीको गोली लागेर उनी ढलिन् । उनका पति जयनाथ प्रसाद राप्रपाका पुराना कार्यकर्ता हुन्, द्रौपदी भने घरव्यवहार सम्हाल्थिन् । 

‘हामीलाई साना बालबच्चा छन्, उनीहरूकै स्याहार गर भनेर घरव्यवहार गर्न दिनुहुन्नथ्यो,’ जेठी बुहारी खुस्बुले भनिन् । जयनाथको घर द्रौपदीले नै चलाएकी थिइन् । जेठा छोरा देवकुमार रंगेली नगरपालिकामा मुखिया र कान्छा हेमराज रोजगारीका क्रममा साउदीमा छन् । घरपरिवार धान्ने जग्गाजमिन भए पनि अधिकांशबाट नदी बगिरहेकाले हातमुख जोड्न वैकल्पिक पेसा अपनाउनुपर्ने बाध्यता छ । ‘जुलुस हेरेर आउँछु, जाने बेलामा तिम्रो घरमा चिया खाएर मात्र फर्किन्छु भन्नुभएको थियो,’ छोरी रीताले भनिन्, ‘तर, कहिल्यै नआउने गरी जानुभयो ।’ 

मृतकलाई सहिद सिफारिस
मृतकलाई सहिद घोषणाका लागि गृह मन्त्रालयसँग सिफारिस गर्ने पाँचबुँदे लिखित र एकबुँदे मौखिक सहमतिपछि शव उठाउन मधेसी मोर्चा सहमत भएको छ । 

युवा संघद्वारा रंगेलीमा आयोजित सभा बिथोल्ने क्रममा मोर्चा कार्यकर्ता र प्रहरीबीच भएको झडपका क्रममा तीनजनाको मृत्यु भएको थियो । रंगेली ५ की द्रौपदीदेवी चौधरी, बरडंगा ३ का महादेव ऋषिदेव र डायनिया ९ का शिवु माझीलाई सहिद घोषणाका साथै परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन गृह मन्त्रालयमा लेखी पठाउने सहमति भएको छ ।
प्रमुख जिल्ला अधिकारी तोयम रायाको अध्यक्षतामा आइतबार जिल्ला प्रशासनमा भएको सर्वदलीय बैठकमा उक्त घटनामा घाइतेको नि:शुल्क उपचारका लागि गृह मन्त्रालयमा लेखी पठाउने सहमति पनि भएको छ । यस्तै, रंगेली घटनाबारे मोर्चाले राख्दै आएको उच्चस्तरीय छानबिन टोलीको मागबारे गृहलाई जानकारी गराउने, मृतकको शव मोर्चाको रोहबरमा आफन्तले बुझ्ने तथा घटनापछि रंगेलीबाट विस्थापित भएका सर्वसाधारणलाई घर फर्किने वातावरण बनाउन सबै पक्षले सहयोग गर्ने लिखित सहमति भएको प्रजिअ रायाले जनाए । मृतकका परिवारलाई प्रशासनले किरिया खर्चबापत स्थानीय प्रशासनले २५ हजार रुपैयाँ दिने भएको छ । मृतक सबैको शव सोमबार मात्र बुझिने मोर्चाका मोरङ प्रवक्ता मोहम्मद कादिरले बताए ।
मधेसका घटना छानबिन गर्न माग
काठमाडौं- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेस आन्दोलनका घटना अनुसन्धान गर्न माग गर्दै आइतबार राष्ट्रिय मानवअधिकार आयोगमा ज्ञापनपत्र बुझाएको छ । मानवअधिकार उल्लंघनकर्तालाई कारबाही गर्न र पीडित परिवारलाई यथाशीघ्र क्षतिपूर्ति उपलब्ध गराउन सिफारिस गर्न आयोगलाई मोर्चाले आग्रह पनि गरेको छ । 

तमलोपाका उपाध्यक्ष हृदयेश त्रिपाठी, सद्भावना सहअध्यक्ष लक्ष्मणलाल कर्ण, तमसपाका वरिष्ठ नेता रामनरेश राय, संघीय समाजवादी फोरमका प्रमुख सचेतक शिवजी यादव, तमलोपा उपाध्यक्ष वृषेशचन्द्र लाल, तमलोपाका महामन्त्री सर्वेन्द्रनाथ शुक्ल र सद्भावना पार्टीका महासचिव मनीष सुमन समेतको टोलीले आयोगमा ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्र बुझदै आयोग अध्यक्ष अनुपराज शर्माले तराईका घटनामा अनुगमन र अनुसन्धान भइरहेको बताएका थिए । - कान्तिपुर

Views