Monday, November 30, 2015

पेट्रो चाइनासँग प्राविधिक कुरा मिल्यो, करको विषयमा निर्णय हुन नसक्दा सम्झौता अझै अन्योलमा

के गर्दै छ निगम टोली चीनमा?
        Image result for Petro China
    PetroChina
    Company
    PetroChina Company Limited is a Chinese oil and gas company and is the listed arm of state-owned China National Petroleum Corporation, headquartered in Dongcheng District, Beijing. It is China's biggest oil producer. Wikipedia
    Stock price601857 (SHA) CN¥8.41 -0.05 (-0.59%)
    Nov 30, 3:00 PM GMT+8 - Disclaimer
           चीनसँग इन्धन खरिदको सम्झौताको लागि आवश्यक प्राविधिक कुरा मिलाउन नेपाल आयल निगमको दुई सदस्य टोली एक सातादेखि बेइजिङमा छ।  प्राविधिक कुरा मिलाउन मंसिर ७ गते चीन गएका नेपाल आयल निगमका निमित्त निर्देशक सुशील भट्टराई र दीपक बरालको टोलीले राजदूतावासको सहयोगमा पेट्रो चाइनासँग  सबै प्राविधिक विषयमा छलफल गरेर सहमति निर्माण गरेको दावी गरेको छ।   
 
‘इन्धन खरिदको लागि आवश्यक प्राविधिक कुरा सबै मिलिसकेको छ’, भट्टराईले चीनबाट सेतोपाटीसँग फोनमा भने,‘ हामीले चीनसँग मूल्य, परिमाण र कुन मोडालिटीमा पैसा तिर्ने भन्ने विषयमा सहमति गर्‍यौ।’
 
टोलीले नेपाललको कुन नाकाबाट कति परिणाममा कुन तरिकाले इन्धन ल्याउने भन्ने विषयमा पनि छलफल गरिरहेको छ।
‘यसबारे पनि छलफल अन्तिम चरणमा पुगिसक्यो, तत्कालका लागि केरूङ नाकाबाट ल्याउने लगभग सहमति भइसकेको छ,’ उनले भने।
 
टोली तत्कालको लागि केरुङ नाका प्रयोग गरेपनि दीर्घकालीन रूपमा तातोपानी नाकाबाट ल्याउने व्यवस्था मिलाउन पेट्रो चाइनासँग अनुरोध गरेको भट्टराईले बताए। यी सबै विषयमा नेपालको पक्षबाट ड्राफ्ट पेश गरिसकेको र पेट्रो चाइनाले पनि चीन सरकारलाई ड्राफ्ट पेश गरिसकेको उनले बताए।
 
तर चीनले नेपालले आयात गर्ने इन्धनमा लाग्दै आएको स्थानीय कर छुट दिने वा नदिने भन्ने विषयमा आफूहरुको तहमा कुनै कुरा नभएको बताए। 'त्यो विषय राजनीतिक तहबाट समाधान गर्ने विषय हो, यसबारे हामीलाई केही थाहा छैन,' उनले भने।
 
करको कुरा टुंगो नलागेसम्म नेपाल र चीनबीच इन्धन किन्ने सम्झौता भने हुने छैन। यो  विषय राजनीतिक तहमा टुंगो लाग्यो भने मन्त्रालयको टोलि पनि चीन जानेछ र इन्धन खरिद सम्झौतामा हस्ताक्षर हुने सम्भावना छ।
 
‘करको विषयमा आफूहरूले पनि पेट्रो चाइनासँग छलफल गरिरहको र पेट्रो चाइनाले पनि सरकारी निर्णय पर्खिरहेको छ,’ सेतोपाटीसँग टेलिफोन सम्पर्कमा भट्टराईले भने।
 
सरकारी तवरबाट करको विषयमा कुरो नमिलेसम्म मन्त्रालयको टोली चीन नजाने मन्त्रालयका एक उच्च अधिकारीले बताए। ‘करको विषयमा सरकारी तवरबाट कुरा नमिल्दासम्म इन्धन खरिद सम्झौता गर्न टोली चीन जाँदैन,’ उनले भने,‘ अहिले कुरामा मात्र सिमित भएको छ।’
 
अब मन्त्रालयले सरकारी तवरबाट गर्नुपर्ने आवश्यक प्रक्रियाहरू राजनीतिक रूपमै मिलाउनु पर्ने भएको भन्दै भट्टराईले यस विषयमा आफूहरुले पनि सक्दो कोशिश गरिरहेको तर मन्त्रालयमा के भइरहेको आफूहरूलाई थाहा नभएको बताए।
 
भूकम्प गए यता तातोपानी नाका लगभग ठप्प छ। यो नाका थोरै मर्मत गरे नियमित रूपमा सञ्चालन गर्न सकिने भन्ने विषयमा पनि छलफल भइरहेको भट्टराईले बताए।
 
‘भूकम्प पछि तातोपानी नाका लगभग ठप्प भएपनि सुधार गरेर यो नाकाबाट नियमित ग्यास बुलेट सहित इन्धन ल्याउन कुनै समस्या छैन,’ भट्टराईले भने, ‘केरूङ नाकाभन्दा तातोपानीबाट ग्यासका बुलेट लगायत इन्धन ल्याउन सम्भव रहकोले पनि यस विषयमा हामीले केन्द्रीत छौ।’‍
 
उनले तत्कालै नेपाली टयाङ्कर ल्हासा पुगेर तेल ल्याउन असहज रहेको भन्दै केरुङ नाकासम्म ल्याएदिन र नभए पनि सिगात्सेमा भएपनि उपलब्ध गराइदिन आफूहरूले पेट्रो चाइनालाई आग्रह गरेको उनले बताए।
 
तेल रिफाइनरी रहेको सिगात्सेबाट तातोपानी र केरूङ आउने बाटो एउटै हो। सिगात्सेबाट केरूङ ५४० किलोमिटर छ भने तातोपानी ५१० किलोमिटर।
 
भूकम्पभन्दा पहिले तातोपानी नाकाबाट ठूला ठूला कन्टेनर पनि आउने गर्थे । तर भूकम्पले तातोपानी नाका वारिपारि दुवैतिर क्षति पुर्‍याएको छ। सो क्षतिपछि चीनले तातोपानी पारीको चिनियाँ वस्ती पुरै उठाएर सिगात्से सारेको छ। भूकम्पपछि पनि अवरोध पन्छाएर यो बाटो एकपटक प्रयोग भइसकेको छ।
 
नियमित रूपमा यो बाटोबाट इन्धन जस्तो संवेदनशील वस्तु ओसारपसार गर्न सम्भव छ कि छैन भन्ने विषयमा चिनियाँ पक्षको समेत चासोरहको उनले बताए।
 
चीनबाट इन्धन ल्याउन सम्झौता भएपनि भूगोल र मौसमको केहि चुनौती रहेको र समस्या आउने उनले बताए।

साभार श्रोत : http://setopati.com/?home=true

प्रकाशित मिति: सोमबार, मंसिर १४, २०७२ १२:५२:३७


No comments:

Post a Comment

Views