Monday, November 30, 2015

साइबर क्राइम हेर्न सिआइबी र अपराध महाशाखासँग अत्याधुनिक उपकरण


प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान व्यूरो र महानगरीय अपराध महाशाखालाई आवश्यक डिजिटल फरेन्सिक उपकरणहरु प्रदान गरेको छ ।  अपराध अनुसन्धान बिभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुरेन्द्रबहादुर शाहले प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक समारोहबीच केन्द्रीय अनुसन्धान व्यूरो र महानगरीय अपराध महाशाखालाई आवश्यक डिजिटल फरेन्सिक उपकरणहरु हस्तान्तरण गरेका हुन् ।
 
प्रहरी अतिरिक्त महानिरीक्षक शाहले यस प्रविधिले अपराध अनुसन्धानलार्ई बैज्ञानिक एवं बिश्वसनिय बनाउनेमा आफु आशावादी रहेको बताए । बदलिँदो सामाजिक परिवेशमा सूचना प्रविधिको पहुँच अपराध कार्यमासमेत पुगेको अवस्थामा नेपाल प्रहरीले  अनुसन्धान प्रकृयालाई वैज्ञानिक एवं प्रमाणमुखी बनाउँदै लैजाने लक्ष्यकासाथ विधिविज्ञान प्रयोगशालाको स्थापना गरी घटनामा प्राप्त भौतिक सबुत प्रमाणहरुको वैज्ञानिक परीक्षण गर्दै आएको छ ।
 
सूचना प्रविधिको विकाशक्रमसँगै साईबर अपराधका घटनामा बढोत्तरी हुँदै गइरहेको अवस्थामा साइवर अपराधसँग सम्वन्धित सबुत प्रमाणहरुको अनुसन्धान तथा परिक्षणको लागि डिजिटल फरेन्सिकको आवश्यकता महशुस गरी नेपाल प्रहरीले यसको शुरुवातका लागि आवश्यक उपकरण सम्वन्धित अनुसन्धान गर्ने निकायहरुलाई उपलव्ध गराएको हो ।
 
यसबाट घटनास्थलमा प्राप्त हुनसक्ने डिजिटल प्रविधिबाट अनुसन्धान गर्नुपर्ने सबुत प्रमाणहरुको संकलन, विश्लेषण तथा अनुसन्धान गर्न सरल हुने विश्वास प्रहरीले लिएको छ ।

साभार श्रोत :
http://setopati.com/samaj/37208/

No comments:

Post a Comment

Views