Sunday, January 31, 2016

प्रहरीमा ५ हजार ४४४ जनाका लागि भर्ना खुल्यो

Image result for recruitment on nepal police

१७ माघ, काठमाडौं । जनपद तर्फको प्रहरी जवान पदमा ठूलो संख्यामा भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग भर्ना तथा छनौट शाखाका अनुसार ५ हजार ४४ जनाका लागि भर्ना खुलेको हो ।
खुल्ला तर्फ २ हजार ९ सय ३४ जना, अमर/अशक्त प्रहरी परिवार तर्फ १०९ जना र आदिवासी जनजातितर्फ ७६८ जनाका लागि भर्ना खुलेको छ । यसैगरी मधेसी तर्फ ६७२, महिला ४८०, दलित ३६० र पिछडिएको क्षेत्रतर्फ १२१ जना माग गरिएको छ ।
यही माघ २४ गतेदेखि फागुन ३० गतेसम्म दरखास्त दिन सकिनेछ । महानगरीय प्रहरी परिसर काठमाडौं, भक्तपुर र ललितपुरबाट दरखास्त फारम वितरण हुनेछ ।
यसैगरी पूर्वक्षेत्रीय प्रहरी तालिम केन्द्र रानी विराटनगर, मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौली सिन्धुली, पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटवल, मध्यपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र नेपालगन्ज, सुदूरपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र दिपायल र सबै जिल्लाका जिल्ला प्रहरी कार्यालयहरुमा दरखास्त फाराम पाइनेछ ।
दरखास्त दस्तुर १ सय रुपैयाँ लाग्ने  छ । एकभन्दा बढी समूहमा दरखास्त दिने उम्मेदवारहरुको हकमा भने प्रत्येक समूहका लागि २० प्रतिशत अर्थात् थप २० रुपैयाँको दरले दस्तुर लाग्ने छ ।
जवान पदमा दरखास्त दिन कम्तिमा ८ कक्षा पास भएको हुनुपर्ने र १८ बर्ष पूरा भई २३ बर्ष ननाघेको हुनुपर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

नेपाल प्रहरी को सूचना 

पाठ्यक्रम 

दरखास्त फारम 

साभार: http://www.nepalpolice.gov.np/ 

Friday, January 29, 2016

जंगबहादुरः सुन्दरीहरुका भोगी नेता


इतिहास पढ्दा जंगबहादुरलाई एक बहादुर, शक्तिशालि, दन्त्यकथाको नायक जस्तै बुद्धि र बलमा निपूर्ण व्यक्तित्वको रुपमा लिइन्छ । तर, यी जंगबहादुर औंठाछाप नै थिए । यिनले अक्षर पनि चिन्न र आफनो नाम पनि राम्रोसँग लेख्न सक्तैनथे ।
Image result for janga bahadur ranaहालसम्मको सबैभन्दा कम उमेरमा प्रधानमन्त्री बन्न सौभाग्य पाएका जंगबहादुर राणाको जन्म बि सं १८७४ असार ७ गते पिता बालनरसिंह कुवर र माता गणेशकुमारीको कोखबाट गोरखाको बोर्लागं भन्ने ठाउँमा भएको थियो । जंगबहादुर सानैदेखि स्कुलको शिक्षामा रुची राख्दैनथे । उनी आफ्ना पिताका साथ धनकुटा, डडेलधुरा र जुम्लामा रहँदा कुस्ती, बन्दुकबाजी, घोडसवार तथा युद्धकलामा साहै निपूर्ण तथा बिद्धत हुँदै गएका थिए ।
परिस्थितिबस एउटा अनपढ र मुर्ख जंगबहादुरको हातमा राज्य संचालनको निरंकुश अधिकार पर्‍यो । तर, पनि उनले चाहेका भए देश बिकास र राज्य संचालनको राम्रो जग बसाल्न सक्थे तर उनले त्यस्तो नगरी आफनो भोगबिलास र सुखसुविधाका लागि राज्यकोषको ढुकुटीको चरम दुरुपयोग गरे ।
उनी प्रधानमन्त्री भएको समय बृटिस साम्राज्यको बिस्तार चल्दै थियो । त्यसबेला अहिलेको स्वतन्त्र मुलुक भारत पनि बि्रटिसको कब्जामा थियो । त्यतिबेला भारतमा अगे्रजबिरोधी गतिबिधि बढ्दै गएको बेला बि्रटिस साम्रराज्यसँग लड्न नसकिने ठानेर उल्टै जंगबहादुरले भारतको लखनउमा अंग्रेजबिरुद्ध गतिबिधि दमन गर्न सैनिक पठाएर सहयोग गरी लखनऊमा लुटपाट मच्चाएर त्यहाँको बनावटको ठुलो सम्पति हात पारेका थिए ।
कतिपय बिद्रोह दबाएपछि भागेर नेपाल आएका भारतका धन कुबेर बेगम तथा महारानीलाई आफ्नै थापाथली दरबारको प्राङ्गणमा शरणार्थीको रुपमा बस्न दिएर उनीहरुसँग भएको हीरा, मोति पन्ना लगायत बहुमुल्य गरगहना सबै आफुले नै लिएका थिए । त्यसपछि ती धन सम्पति सबै उनले आफू र आफना सन्तानको भोग बिलासका लागी नै खर्चेका थिए ।
जंगबहादुर यतिसम्म सुन्दरीहरुका भोगी थिए कि उनका दरबारमा इन्द्रको राज्य अमराबतिलाई पनि बिर्साउने खालका भोग बिलासका साधनहरु थिए । उनी अत्यन्त कामुक थिए । उनका बिबाहित र ल्याइते गरेर ३६ भन्दा बढी पत्नीहरु भएको पाइन्छ । साथै प्रशस्तै आघोषित पत्नीहरु तालिमे, सुसारे, नर्तकी र रखौटीहरु थिए । उनका लागि नेपाल तथा भारतबाट बिभिन्न तरुनी केटीहरु खोजेर ल्याउने प्रशस्त मानिसहरु खटाइएका थिए ।
बिश्वकै महंगी बेश्यामध्येकी एक लुरा बेलसँग सहबास गरेर जंगबहादुरले आफूलाई एक धनी कामुकहरुको सूचीमा समेत राख्न सफल भएका थिए
यसरी उनलाई तरुनीहरु ल्याइदिनेमा सुब्बा, काजी तथा उच्च पदमा बढुवा हुन्थे भने उनको लागी केटी खोजेर ल्यान नसक्नेलाई दण्डसमेत हुन्थ्यो । यदी उनको दरबारमा उनको कामुकतामा भिड्न नचाहने र नसक्ने केटीहरुलाई भोटमा लगेर नेपाल सरकारको प्रतिनिधि मार्फत बेचबिखन हुने गर्दथ्यो ।
जंगबहादुर यतिसम्म कामुक थिए कि भारततर्फ जाँदा बनारस र पटनाका नामुद बेश्याहरुसँग पनि सहबास गर्दथ्ये । एकपटक बिसं १९०७ मा बेलायत यात्राका क्रममा जंगबहादुरले लण्डनकी प्रसिद्ध बेश्या सुन्दरी लुरा बेलसँग एक रातको २५ लाख पाउण्ड तिरेर सहबास गरेका थिए । बिश्वकै महंगी बेश्यामध्येकी एक लुरा बेलसँग सहबास गरेर जंगबहादुरले आफूलाई एक धनी कामुकहरुको सूचीमा समेत राख्न सफल भएका थिए ।
उनले सहबास गर्ने कतिपय केटीहरु साहै्र कम उमेरका पनि थिए । जंगबहादुर आफूले कतिपय तरुनीहरुलाई आवश्यकता अनुसार सन्तुष्टि दिन शारीरिक क्षमता ह्रास हुँदै गएका कारण साह्रै निराश हुन्थ्ये । यौनपिपासु, यौनसुखमा लिप्त हुन र तिब्र यौन चाहनामा आबश्यकताअनुसारको सन्तुष्टि दिन नसकेकै कारण निराश भएर जंगबहादुरले अफिमको लत पनि लिने गरेका थिए ।
देशको जिम्मेबार पदमा बसेका जंगबहादुर आफै कामुकतामा लिप्त भएर राज्यकोषको दुरुपयोग हुँदा देश निकासमा खासै प्रगति हुन सकेको थिएन । सेक्स जीवनको एउटा पाटो हो तर सेक्समै जीवन बिताउँदा जीवनको अर्को पाटो अधुरो हुन्छ र जीवनमा त्यसैले धेरै उतार चढाव ल्याउँछ भन्ने कुरा जंगबहादुर जस्ता यौन पिपासुले बुझ्न सकेनन् ।
साभार : onlinekhabar

Thursday, January 28, 2016

Llama spits on Kid Face | Funny Animal Video

Llama

The llama is a domesticated South American camelid, widely used as ameat and pack animal by Andean cultures since pre-Hispanic times.
The height of a full-grown, full-size llama is 1.7 to 1.8 m (5.6 to 5.9 ft) tall at the top of the head, and can weigh between 130 and 200 kg (290 and 440 lb). At birth, a baby llama (called a cria) can weigh between 9 and 14 kg (20 and 31 lb). Llamas typically live for 15–25 years, with some individuals surviving 30 years or more.
They are very social animals and live with other llamas as a herd. The wool produced by a llama is very soft and lanolin-free. Llamas are intelligent and can learn simple tasks after a few repetitions. When using a pack, they can carry about 25% to 30% of their body weight for 8–13 km (5–8 miles).
The name llama (in the past also spelled 'lama' or 'glama') was adopted by European settlers from native Peruvians.
Llamas appear to have originated from the central plains of North America about 40 million years ago. They migrated to South America about three million years ago. By the end of the last ice age (10,000–12,000 years ago), camelids were extinct in North America.[4] As of 2007, there were over seven million llamas and alpacas in South America, and due to importation from South America in the late 20th century, there are now over 158,000 llamas and 100,000 alpacas in the United States and Canada.
source: wikipedia

बैंकको ब्याजदर घटेको घट्यै, ऋण लिने छैनन्

Image result for nepal rastra bank
कर्जाको माग कम भएर बैंकमा पैसा थुप्रिएपछि अहिले बैंकहरुले निक्षेपको ब्याजदर साढे १ प्रतिशतसम्म झारेका छन्। 
 
भारतको अघोषित नाकाबन्दी र तराईको आन्दोलनले उद्योग धन्दाका क्षेत्रमा निराशा बढेसँगै कर्जा माग गर्नेहरु बैंकमा गएका छैनन्। जसले गर्दा बैंकमा ठूलो मात्रामा पैसा थुप्रिँदा ब्याजदर घट्न गएको छ। 
 
बैंकहरुले अहिले कर्जाको तुलनामा निक्षेप संलकनमा ठूलो मात्रामा ब्याज घटाएका छन्। नयाँ लगानी बढ्न नसकेसँगै मुनाफा बृद्धि गर्न बैंकले निक्षेप संकलनमा ब्याज घटाएको नेपाल राष्ट्र बैंक अनुसन्धान बिभागका प्रमुख डा नरबहादुर थापा बताउँछन्। 
 
थापाका अनुसार नाकाबन्दीपछि बैंकले निक्षेपमा दिँदै आएको ब्यादजदर घटाएका छन्। मंसिर महिनासम्ममा निक्षेपको भारित औसत ब्याजदर ३ दशमलव ३७ प्रतिशत छ। तर अघिल्लो आर्थिक वर्ष २०७१/०७२ को मंसिर महिनासम्ममा भने यस्तो भारित औसत ब्याजदर ३ दशमलव ७६ प्रतिशत थियो। 
 
बाणिज्य र नेपाल बैंकले अहिले निक्षेपमा साढे १ प्रतिशत ब्याज दिइरहेका छन्। नेपाल बैंकर्स संघका अध्यक्ष उपेन्द्र पौडेलका अनुसार बाणिज्य बैंकहरुको बचत निक्षेप ब्याजदर  साढे १ प्रतिशत देखि साढे ४ प्रतिशतसम्म छ। 
 
मंसिर महिनामा भारित औसत कर्जादर ९ दशमलव ४४ प्रतिशत कायम भएको छ। जबकि अघिल्लो आर्थिक वर्षको मंसिर महिनामा भने भारित औसत कर्जादर ९ दशमलव ९४ प्रतिशत थियो। 
 
सानिमा बैंकका सिइओ भुवन कुमार दाहाल अहिले बैंकहरुले कर्जाको तुलनामा निक्षेपको ब्याजदर ठूलो मात्रामा घटाएको बताउँछन्। मुनाफा बढाउन बैंकले कर्जाको तुलनामा निक्षेपको ब्याजदर धेरै घटाएको उनको भनाई छ। 
 
अघिल्लो आर्थिक वर्षको मंसिर महिनामा बैंकहरुको आधार व्याजदर ७ दशमलव ४४ प्रतिशत रहेकोमा अहिलेको आधार ब्याजदर ६ दशमलव ९१ प्रतिशत छ। तर २०७२ मंसिरमा वाणिज्य बैंकहरुको कर्जा तथा निक्षेपबीचको औसत ब्याजदर अन्तर ४ दशमलव ४१ प्रतिशत छ। अघिल्लो वर्षको मंसिरमा यस्तो ब्याजदर अन्तर ४ दशमलव ४८ प्रतिशत थियो। मध्यमकालीन ब्याजदर अहिले घटेको राष्ट्र  बैंकको अनुसन्धान बिभागका प्रमुख थापा बताउँछन्। 
 
उनले भने ‘अहिलेको परिस्थिति देखेर देशका लगानीकर्ता आशाबादी हुन सकेका छैनन्य, यसकारण लगानीकर्ता कर्जा माग गर्दै बैंक गएका छैनन्।’ सामान्यतः बैंकको ब्याजदर घटेसँगै लगानीकर्ता आशाबादी हुने र ऋण लिनेहरु बढ्ने सिद्धान्त भए पनि हाल नेपालको सन्दर्भमा त्यस्तो नदेखिएको थापाको भनाई छ। 
 
उनले भने ‘हाम्रोजस्तो बिकासोन्मुख राष्ट्रमा ब्याजदर घटेपछि झनै लगानीकर्ताको आकर्षण बढ्नुपर्ने हो तर यस्तो हुन सकेन।’मध्यमखालको ब्याजदरमा देशको राजनैतिक स्थिति, आर्थिक बृद्धि, संभावित जोखिम र मुद्रास्फिति दरले प्रभाव पार्ने थापाको भनाई छ। मध्यम र दीर्घकालीन ब्याजदरलाई तरलताले पनि प्रभाव पार्दछ। यस खालको ब्याजदर  सबैभन्दा बढी लगानीकर्ताको आशामा भरपर्छ। 
 
नाकाबन्दीका कारण निर्माणकार्य ठप्पजस्तै भएका छन् भने केही उद्योगधन्दा सामान्य अवस्थामा मात्रै चलेका छन्। लोडसेडिङ र इन्धनको अभावले लगानीकर्ताले आफ्नो लगानीमा बृद्धि गर्न सकेका छैनन् जसकारण उनीहरुले बैंकबाट ऋण पनि लिएका छैनन्। 
 
देशमा कर्जाको मागमा बृद्धि हुन नसकेको समयमा रेमिट्यान्समा भने बृद्धि भएको देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार मंसिर महिनासम्मा रेमिट्यान्समा १९ दशमलव ४ प्रतिशतले बृिद्ध भएको छ। अघिल्लो आर्थिक वर्षको  मंसिर महिनासम्ममा रेमिट्यान्स २ दशमलव ७ प्रतिशतले मात्रै वृद्धि भएको थियो। रेमिट्यान्समा बृद्धि भएसँगै बैंकमा ठूलो मात्रामा पैसा थुप्रिएको छ। 
 
अहिले कर्जा र निक्षेपको ब्याजदर घटेको भएपनि ट्रेजरी बिल र अन्तर बैंक ब्याजदर अर्थात अल्पकालिन ब्याजदर भने बढेको छ। बजारमा तरलता बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले पटक पटक मौद्रिक औजार मार्फत तरलता खिचिरहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०७२÷७३ को पाँच महिनासम्ममा २ सय ७७ अर्ब ८० करोड तरलता प्रशोचन भएको छ । विभिन्न उपकरणमार्फत तरलता प्रशोचन गर्दा  राष्ट्र बैंकले ५१ करोड ७४ लाख ब्याज खर्च गरेको छ।  
 
राष्ट्र बैंकले मंसिर महिनासम्ममा पटक–पटक गरी निक्षेप बोलकबोलमार्फत १ सय ८३ अर्ब ४० करोड, रिभर्स रिपोमार्फत ८५ अर्ब ३० करोड तथा सोझै बिक्री बोल–कबोलमार्फत ९ अर्ब १० करोड तरलता प्रशोचन गरेको छ। 
 
तरलता प्रशोचनको कारण अल्पकालीन ब्याजदर बढेको थापा बताउँछन्। ट्रेजरी बिल तथा अन्तरबैंक ब्याजदर अल्पकालीन ब्याजदरमा पर्दछन्। सन २०११ मा ३ सय ६४ दिने दिने ट्रेजरी बिलको ब्याजदर ८ दशमलव ५२  प्रतिशत थियो । तर चालु आर्थिक वर्षको मंसिर महिनामा भने यस्तो ब्याजदर ० दशमलव ९६ प्रतिशत छ। अघिल्लो आर्थिक वर्ष २०७१/०७२ मा ३ सय ६४  दिने ट्रेजरी बिलको ब्याजदर ० दशमलव ५८ थियो। 
 
त्यस्तै अहिले अन्तर बैंक ब्याजदर भने बढेको छ। गत आर्थिक वर्षको मंसिर महिनामा ० दशमलव १५ प्रतिशत रहेको अन्तर बैंक ब्याजदर अहिले बढेर ० दशमलव ८२ प्रतिशत कायम भएको छ। त्यस्तै अन्य वित्तीय संस्थाहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर अघिल्लो आर्थिक वर्षको मंसिरमा २.४८ प्रतिशत रहेकोमा अहिले सोहि अवधिमा साढे १ प्रतिशत कायम भएको छ।
 
गत वर्षको मंसिरमा ९१–दिने ट्रेजरी विलको भारित औसत ब्याजदर ० दशमलव १३ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा ० दशमलव ४८ प्रतिशत कायम भएको छ। उल्लेखनीय मात्रामा तरलता प्रशोचन भएका कारण अल्पकालिन ब्याजदर घटेको भएपनि लगानीकर्तामा देखिएको निराशापनले मध्य तथा दिर्घकालीन ब्याजदर भने घटेको छ। बिगत तीन वर्ष यतादेखि सरकारको बजेट बचतमा रहेको छ। सरकारको बजेट बचतमा रहेपछि प्रत्येक वर्ष निक्षेप तथा कर्जाको ब्याजदर समेत घट्दै गएको थापाको तर्क छ।  

साभार : सेतोपाटी 

एन्ड्रोइडमा प्रचण्डको एप्स सुरु

१४ माघ, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्डको मोबाइल एप्स बिहीबारदेखि सुरु भएको छ ।
Prachand-Aps

एन्ड्रोइड मोबाइल भर्सनको प्ले स्टोरमा प्रचण्ड टाइप गरेर प्रचण्डको एप्स डाउनलोड गर्न सकिन्छ ।
पार्टी अध्यक्ष प्रचण्डका दैनिक गतिविधिका साथै पार्टीका दस्तावेज, प्रचण्डको जीवनी लगायतका सामाग्रीहरु यो एप्सबाट हेर्न सकिन्छ ।
आधुनिक सञ्चारको युगमा प्रचण्डका नाममा एप्स बनाइनु सकारात्मक भए पनि व्यक्तिका नाममा भन्दा एमाओवादी पार्टीकै नाममा संस्थागत एप्स बनाइएको भए अझ राम्रो हुने माओवादीका एक नेताले प्रतिक्रिया दिए ।

साभार : अनालायिन खबर 

Wednesday, January 27, 2016

बुद्धबारे भ्रम चिर्न सात देशलाई पत्र

काठमाडौं: सरकारले गौतम बुद्धको जन्मस्थलका बारेमा विभिन्न देशमा भ्रम देखिएको भन्दै त्यसलाई चिर्न कूटनीतिक पहल सुरु गरेको छ । नेपालले ती देशका पाठ्यपुस्तक, अन्तर्राष्ट्रिय गोष्ठी, औपचारिक र अनौपचारिक छलफलमा भ्रम देखिएको भन्दै त्यसलाई निवारण गर्न कूटनीतिक पहल थालेको हो ।
Image result for buddha
 
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत अमेरिका, जापान, चीन, थाइल्यान्ड, नेदरल्यान्ड, श्रीलंका र भारतलाई पत्राचार गरी पहिलोपटक त्यसबारे औपचारिक जानकारी गराउन लागेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले बुद्धका बारेमा विश्व परिवेशमा देखिएका भ्रम र अनर्गल प्रचार चिर्न कूटनीतिक पहल सुरु गरिएको जानकारी दिए । उनले मंगलबार अन्नपूर्णसँग भने, ‘विश्वका कतिपय देशका पाठ्यक्रम, त्यहाँ हुने गोष्ठी र कार्यक्रममा बुद्धको जन्मबारे अझै भ्रम रहेको पाएका छौं । यसबारे सबै देशलाई यथार्थ जानकारी गराउनु नेपालको कर्तव्य हुने भएकाले परराष्ट्र मन्त्रालयमार्फत सातवटा देशलाई पत्राचार गर्न लागेका हौं ।'
 
उनले बुद्धले पाँचवटा प्रमुख चेलालाई पहिलोपटक शिक्षा दिएको र त्यो काम कपिलवस्तुमा भएको बताए । उनका अनुसार विश्वभर फैलिएको बुद्धिज्ममा पहिला र दोस्रा महिला भिक्षु पनि नेपालकै हुन् । उनले बुद्धकी सानीआमा पहिलो महिला भिक्षु र उनकै पत्नी दोस्रो महिला भिक्षु भएको बताए । उनले भने, ‘केही समयअघि जापानका राजदूतसँगको भेटमा मैले भ्रमबारे चासो राखें । उहाँले पाठ्यपुस्तक निजी क्षेत्रले छाप्ने भएकाले त्यस्तो गलत बुझाइ भएको हुनसक्ने बताउनुभयो ।'
Image result for buddha birthplace lumbini nepal
मन्त्री पोखरेलले भ्रामक कुरा र पाठ्यपुस्तकमा हुने गरेका त्रुटि सच्याउन नेपालसँग कूटनीतिक सम्बन्ध भएकामध्ये यी सात देशलाई बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको तथ्यविपरीत हुने कुनै सामग्री प्रकाशन र प्रसारण नगर्न, अभिलेख नराख्न र गरिएको वा राखिएको भए सच्याउन अनुरोध गर्दै पत्राचार गर्न लागिएको जानकारी दिए ।
 
उनले विश्वका एक अर्ब बौद्धमार्गीमध्ये एक प्रतिशतलाई नेपाल ल्याएर हालको २९ मिनेटको लुम्बिनी बसाइ लम्ब्याएर पाँचदिने बनाउन पहल भइरहेको जानकारी पनि दिए । पोखरामा सिद्धार्थ र यशोधरा पार्क, नमोबुद्धमा अन्तर्राष्ट्रिय बुद्धदर्शन अध्ययन केन्द्र, शैलुङमा बुद्धको परिवारकै मूर्ति, हलेसीमा बौद्ध गुम्बा र झापाको दमकमा बुद्धको सबैभन्दा अग्लो मूर्ति बनाउन लागिएको उनले बताए । उनले भने, ‘नेपाललाई अन्तर्राष्ट्रिय बुद्ध सर्किट बनाउन र आगामी जेठ ८ गते लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्न बुधबार मन्त्रिपरिषद्मा प्रस्ताव लैजाँदैछु ।’
 Image result for buddha birthplace lumbini nepal
संस्कृति मन्त्रालयको संस्कृति महाशाखाका प्रमुख भरतमणि सुवेदीले शान्तिका अग्रदूत गौतम बुद्ध नेपालमा जन्मिएकै कारण युनेस्कोले लुम्बिनीलाई विश्व सम्पदासूचीमा सूचीकृत गरेको बताए । उनका अनुसार युनेस्कोका सदस्य राष्ट्रले समेत पाठ्यक्रममा बुद्धबारे यथार्थ उल्लेख नगरेको र उनीहरूले अन्य देशसँगको छलफलमा समेत गलत सूचना सम्प्रेषण गरेकाले उक्त भ्रम निवारण गर्न आवश्यक देखिएको हो ।
साभार : अन्नपुर्ण पोस्ट 

उच्च पदस्थ ६३ जना माथि अख्तियारको छानबिन

नेपाल सरकारका ६ जना सचिवसहित विशिष्ट श्रेणीका १५ जना, महानिर्देशकसहित प्रथम श्रेणीका २० जना र उपसचिवसरहका २८ जनाको बैंक खाता रोक्का 
उच्च पदस्थ ६३ जना माथि अख्तियारको छानबिन

अकुत सम्पत्तिमा ६३ उच्च कर्मचारीमाथि छानबिन
अकुत सम्पत्ति कमाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बहालवाला ६३ उच्च पदस्थ कर्मचारीमाथि छानबिन थालेको छ । नेपाल सरकारका ६ सचिवसहित विशिष्ट श्रेणीका १५ जना, सात महानिर्देशकसहित प्रथम श्रेणीका २० जना र द्वितीय श्रेणीका २८ जना उच्च पदस्थ कर्मचारीले अकुत सम्पत्ति कमाएको आरोपमा छानबिन थालिएको हो । एकैपटक यति ठूलो संख्यामा बहालवाला कर्मचारीमाथि अख्तियारले छानबिन थालेको यो पहिलोपटक हो ।
सबैको बैंक खाता रोक्का
अख्तियारले छानबिनमा परेका सबै कर्मचारीको बैंक खाता तथा लकर रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ । राष्ट्र बैंक स्रोतका अनुसार अख्तियारको पत्रपछि देशभरका बैंक, फाइनान्स कम्पनी तथा सहकारीमा रहेका सबै खाता र लकर रोक्का गरिएको र गर्ने क्रम जारी रहेको छ ।
छानबिनमा परेका सबैले  बुझाए तीनपुस्ते विवरण
1
अख्तियारले यी सबै ६३ जना कर्मचारीलाई झन्डै एक महिनाअघि अकुत सम्पत्ति कमाएको आरोपमा छानबिनको निर्णय गरेको थियो । निर्णयसँगै अख्तियारले सबैलाई तीनपुस्ते सम्पत्ति विवरण बुझाउन पत्र पठाएको स्रोतले बतायो । अधिकांश उच्च पदस्थ अधिकारीले विवरण बुझाइसकेको स्रोतको भनाइ छ । अख्तियारको पत्र बुझेका केही उच्च प्रशासकले अकुत सम्पत्तिमा आफूमाथि छानबिन थालिएको भन्दै आफन्त तथा निकटका व्यक्तिलाई आवश्यक परे सहयोग गर्न आग्रह गरिसकेका छन् । तर, अख्तियारका प्रवक्ता कृष्णहरि पुष्करले उच्च पदस्थ कर्मचारीको अकुत सम्पत्ति छानबिनबारे आफूलाई जानकारी नभएको बताए ।
अकुत सम्पत्तिमा यस्तो हुन्छ छानबिन
  • कुनै व्यक्तिविशेषविरुद्ध उजुरी परेमा वा पदमा रहेर अकुत सम्पत्ति आर्जन गरेको आशंका लागेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक पदमा बहालवाला वा सेवानिवृत्त व्यक्तिमाथि अकुत सम्पत्तिमा छानबिन गर्न सक्छ ।
  • छानबिन थाल्नुअघि अख्तियारले आफ्ना गुप्तचर प्रयोग गरेर सम्बन्धित व्यक्ति वा पदाधिकारीबारे विस्तृत अनुसन्धान गर्छ । यसक्रममा घरपरिवार, नातागोताको गोप्य रूपमा पहिचान हुन्छ । आरोपी व्यक्तिको उठबस, परिवारका सदस्य, आफन्त कति विलासी छन् र कुन–कुन क्षेत्रमा लगानी छ भन्नेबारे गोप्य अनुसन्धान हुन्छ ।
  • अनुसन्धानमा अकुत सम्पत्ति कमाएर अस्वाभाविक र विलासी जीवन बिताएको देखिएमा अख्तियारले छानबिन अगाडि बढाउँछ । यसक्रममा अख्तियारले सम्बन्धित व्यक्तिको विदेशका बैंकमा खाता भए–नभएको अनुसन्धान गर्छ ।
  • अख्तियारले छानबिन थालिएका व्यक्तिलाई पत्र काटेर बोलाएर तीनपुस्ते सम्पत्ति विवरणसम्म भर्न लगाउाछ । यस क्रममा बैंक खाता र लकर रोक्का गरेर अनुसन्धान थालिन्छ । सम्पत्ति विवरण भर्दा सबै सम्पतिको स्रोत र खर्च विवरण तथा प्रमाणसहितको कागजात पेस गर्नुपर्छ ।
  • अनुसन्धानको दायरामा परेका व्यक्तिले बुझाएका सबै विवरणबारे अख्तियारले विषयगत विज्ञबाट प्राविधिक रूपमा सूक्ष्म छानबिन गर्ने गर्छ । सबै छानबिनका तथ्य, प्रमाण र परीक्षणमा अकुत सम्पत्ति आर्जन गरेको खुलेपछि अख्तियारले अकुत सम्पत्तिमा भ्रष्टाचार मुद्दा दायर गर्छ ।

साभार :  नयाँ पत्रिका - सागर पण्डितको रिपोर्ट
काठमाडौं, १३ माघ

Sunday, January 24, 2016

शवको अन्त्येष्टि गर्न विद्युतीय मेसिन प्रयोगमा

पशुपतिनाथमा शवको अन्त्येष्टि गर्न आजबाट विद्युतीय मेसिन प्रयोगमा आएको छ। नेपाल सरकारको ११ करोड अनुदानमा निर्माण गरिएको शव गृह र विद्युतीय उपकरण आजबाट प्रयोगमा ल्याइएको हो। 
 
आजै यस उपकरणबाट केही शवको अन्त्येष्टि गरिएको छ। ८३ वर्षको उमेरमा निधन भएका भक्तपुरका चन्द्रवनमाला र ८१ वर्षीया रुपमाया ढकालको शव विद्युतीय मेसिनबाट सबैभन्दा पहिला अन्त्येष्टि गरिएको कोषका सहायक अधिकारी हरिनारायण पौडेलले जानकारी दिए। 


विद्युतीय उपकरणबाट एक पटकमा २ ढोकाबाट २ वटा शव अन्त्येष्टि गर्न सकिन्छ। एउटा शव अन्त्य गर्नका लागि ४५ मिनेट लाग्ने गर्दछ। यसको शुल्क ३ हजार रुपैयाँ तोकिएको छ। पशुपति क्षेत्र विकास कोषले विशेष गुरुयोजना तय गरेर शव गृह निर्माण गरेको थियो। वातारणलाई प्रदुषणमुक्त गराउन यो उपकरण निकै महत्वपूर्ण हुने कोषको विश्वास छ।

कोषका संरक्षक तथा पूर्वकोषाध्यक्ष नरउत्तम वैद्यले उपकरणको प्रयोगबाट बागमति नदी सफा राख्न, अनावश्यक गन्धबाट मुक्ती दिलाउन र धुवाँरहित वातावरण बनाउन उपयोगी हुने बताए। एउटा शव जलाउनका लागि ६ सय ९६ भोल्ट विद्युतीय क्षमता खर्च हुने गर्दछ। 

यदि मृतकका परिवार तथा आफन्तजनले मृतकको अस्तु लिन चाहेमा त्यो पनि उपलव्ध गराउने व्यवस्था रहेको उनले बताए। यो उपकरण प्रयोगमा आए पनि दाउराबाट शव अन्त्येष्टि गर्न चाहनेका लागि सो विकल्प समेत खुला राखिएको उनले जानकारी दिए।
‘परम्परागत रुपमा अन्त्येष्टि चाहनेका लागि दाउराको प्रयोग पनि खुला रहेको छ’ उनले भने ‘तर हरेक दृष्टिकोणबाट अब विश्वमा प्रयोगमा आइरहेको यो विद्युतीय उपकरणको प्रयोग बढाउनु जरुरी छ।’

विद्युतको उपलव्धता नभएमा जेनेरेटरको समेत व्यवस्था गरिएकोले कुनै पनि अवस्थामा शव अन्त्येष्टि गर्नका लागि नरोकिने सो अवसरमा जानकारी दिइयो। 
मृतकका आफन्तले सबैभन्दा पहिला कोषले उपलव्ध गराएको फारम भर्नुपर्नेछ। अस्पतालबाट मृतक घोषित गरिएको अवस्थामा बाहेक घरमा मृत्यु भएकाको सम्वन्धमा तीन जना साक्षीको नागरिकताको प्रतिलिपि समेत उपलव्ध गराउनुपर्नेछ। 

यसैबीच केही दिनसम्मका लागि शव राख्नुपर्ने भएमा आइसमा राख्ने व्यवस्था समेत पशुपति क्षेत्र विकास कोषले अवलम्वन गरेको छ। पशुपतिमा ल्याएर कसैले आइसमा शव राख्न चाहेमा त्यो पनि उपलव्ध रहेको वैद्यले जानकारी दिए। - सेतोपाटी


Views