जनता बैंक, प्रभु बैंक, सिटिजन्स बैंक, एनएमबी बैंक, लक्ष्मी बैंक र बैंक अफ काठमाडौं गरी ६ वटा बैंकमा खाता हुने आवेदकले सोझै खातामा नै पैसा फिर्ता पाउने भएका छन् । यसका लागि ६ वटा बैंकले ३५ हजार आवेदकको खाता नम्बर भेरिफिकेशन गरेर रकम जम्मा गर्न सकिने जनाएको एनएमबी क्यापिटलले जनाएको छ ।
कम्पनीको सहयक शेयर निष्काशन तथा बिक्रि प्रबन्धक रहेको क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले भने ‘६ बैंकका ३५ हजार आवेदकको एकाण्ट भेरिफिकेशन भैसकेको छ । ती खातामा सिधै शेयर नपरेको रकम जम्मा हुन्छ ।’ उनले थपे ‘खातामा रकम जम्मा भए नभएको जाँचेर मात्र आवेदन दिएको स्थानमा नगद फिर्ताको चेक तथा शेयरको अर्धकट्टी लिन जानु होला ।’
उनका अनुसार ६ बैंकका करिब ७० हजार आवेदक छन् । कति पयको खाता विबरण नमिलेका कारण र सम्बद्ध बैंकले उपलब्ध गराएको विबरणका आधारमा ३५ हजार जनाको रकम मात्र बैंकमा जम्मा गर्न लागिएको हो । अरु आवेदकहरुलाई क्यापिटलले अर्धकट्टी लिएर आवेदन दिएको स्थानमा रकम संकलनका लागि जान आग्रह गरेको छ ।
कम्पनीको सेयरमा ३ लाख ४ हजार ६ सय ५२ जनाले सेयरमा आवेदन दिएका थिए । जसमा ६ सामूहिक लगानी कोष कम्पनी, एचआइडिसिएलका १२ जना कर्मचारीले पनि आवेदन दिएका छन् । कुल आवेदकमध्ये ५३४ जनाको आवेदन रद्ध गरिएको थियो ।
No comments:
Post a Comment