Sunday, January 17, 2016

साठी भन्दा बढी सैनिकको हत्या गरेको अल सेबाबको दाबी

अल कायदासँग सम्बन्ध रहेको एक सोमालियाली आतङ्ककारी समूह अल सेबाबले सोमालियमा रहेको अफ्रिकन युनियनको संयुक्त सैन्य शिविरमा हमलामा ६३ जना केन्याली सैनिकको हत्या गरेको दाबी गरेको छ ।
sena-soma
यसअघि केही केन्याली सैनिकको हत्या भएको बताइएको थियो । सोमालियाको सशस्त्र विद्रोही समूह अल सेबाबले सो हमला गरेको बताइएको हो ।सोमालियामा रहेको सो सैन्य शिविरमा अल सेबाबले शुक्रबार बिहान सबेरै हमला गरेको जनाएको थियो ।
सोमालियाको राजधानी मोगादिसुबाट ५५० किलोमिटर पश्चिममा पर्ने शिविरमा उक्त समूहले अत्याधुनिक हतियारले हमला गरेको राष्ट्रसङ्घीय अधिकारीहरुले जनाएका छन् । सो समूहका प्रवक्ता अबिदबिज अबु मुसाबले शुक्रबार गरिएको कारबाहीमा केन्याका ६३ जना सैनिकको हत्या गरेको जानकारी शनिबार आफ्नो बेभसाइटमार्फत दिएका छन् ।
उनले सो आक्रमणलाई मुजाहिद्दिन समूहले गरेको एक सफल करबाहीका रुपमा पनि उक्त बेभसाइटमा जनाएका बताइएको छ । उक्त सशस्त्र समूह आतङ्ककारी सञ्जाल अल कायदासँग सम्बन्धित रहेको छ । उक्त क्षेत्रमा सो हतियारधारी समूहले यस अघि पनि पटक÷पटक आक्रमणको प्रयास गरेको थियो ।

Reference: http://www.nepaljapan.com/

No comments:

Post a Comment

Views