Thursday, January 21, 2016

आउँदैछ पाँच हाईड्रोपावर कम्पनीको साढे दुई अर्बको शेयर, कुन कुन कम्पनीले कहिले ल्याउँदैछन् ?

आउँदैछ पाँच हाईड्रोपावर कम्पनीको साढे दुई अर्बको शेयर, कुन कुन कम्पनीले कहिले ल्याउँदैछन् ?
एक पछि अर्को गर्दै साधारण शेयर निष्काशन गर्ने क्रम बढ्दो अवस्थामा छ । यहि क्रममा ५ वटा जलविद्युत आयोजनाहरुले चाँडै नै देशभरीका सर्वसाधारणका लागि ठुलो संख्यामा साधारण शेयर निष्काशन गर्ने तयारी गरेका छन् ।  ५ वटा जलविद्युत कम्पनीले मात्र सर्वसाधारणका लागि अढाई करोड कित्ता साधारण शेयर निष्काशन गर्ने तयारी गरेका छन् । जसमा दशैं लगत्तै जलविद्युत लगानी तथा विकास कम्पनीले २ अर्वको साधारण शेयर निष्काशन गर्दैछ । 

SEBON
 दशैं अघि नै आब्हान पत्र जारी गर्ने तयारी गरेको जलविद्युत लगानी तथा विकास कम्पनीले अन्तत दशैं लगत्तै २ अर्व रुपैंयाको साधारण शेयर निष्काशन गर्ने भएको छ । यसका लागि उसले धितोपत्र बोर्डबाट २ साता पहिले अन्तिम स्वीकृति पाइसकेको छ ।
त्यसै गरि अन्य ४ वटा साना जलविद्युत आयोजनाले ४२ लाख कित्ता साधारण शेयर निष्काशनको क्रमलाई तिब्र बनाएका छन् । यस क्रममा केही दिन पहिले मात्र खानीखोला जलविद्युत आयोजनाले इक्रा रेटिंग ४ पाएको छ  भने अन्य ३ कम्पनीले पनि रेटिंग पाउने समय नजिकिंदै गएको छ । यी चार कम्पनीले बढीमा ५ महिना भित्रमा साधारण शेयर निष्काशन गर्ने तयारी गरिरहेका छन् ।
Jala Bidyut Bikas Companyजलविद्युत लगानी तथा विकास कम्पनी
सामूहिक लगानी कोषहरुलाई छुट्ट्याइएको १० लाख कित्ता सेयर बाँडफाँड गरेको कम्पनीले दशैं अगाडी नै साधारण शेयर निष्काशन गर्ने तयारी गरे पनि त्यसले पुर्णता पाउन सकेन । जलबिद्युत बिकास कम्पनीको शेयर बिक्रीको मुख्य काम गर्ने नागरिक लगानी कोषले सामुहिक लगानी कोषहरुका लागि ब्यवस्था गरिएको ५ प्रतिशत शेयर भने केही दिन अघि बाँडफाँड गरिसकेको छ ।
जलबिद्युत बिकास कम्पनीले जारी गर्न लागेको दुई अर्ब रुपैयाँको २ करोड कित्ता मध्ये ५ प्रतिशतले हुने १० लाख कित्ता सामुहिक लगानी कोषहरुले प्राप्त गरेका छन् । बाँकी रहेको एक करोड ९० लाख कित्ता सेयर कम्पनीका कर्मचारीसहित सर्वसाधारणको लागि कात्तिक दास्रो साता निष्काशन गर्ने नागरिक लगानी कोषले जनाएको छ ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष, सह निष्कासन तथा बिक्री प्रबन्धक एनसिएम मर्चेन्ट बैङ्किङ तथा एनएमवी क्यापिटल लिमिटेड रहेका छन् ।
खानीखोला जलविद्युत कम्पनी
खानीखोला जलविद्युत् कम्पनीले १३ लाख ९७ हजार १ सय ४३ कित्ता साधारण शेयर निष्काशनको करिब करिब अन्तिम चरणमा पुगेको छ । यस क्रममा उसले इक्राबाट ग्रेड ४ रेटिङ पाएको छ । ६ दशमलव ३६ मेगावाट क्षमताको यो आयोजनाको ७५ प्रतिशत काम सम्पन्न भइसकेको छ । यसमा प्रभु बैङ्कको ३ करोड २६ लाख रुपैंया लगानी रहेको छ ।
थोसे खोलाबाट ४ दशमलव ३६ मेगावाट र क्यास्केड आयोजना अन्तर्गत ललितपुर भट्टेडाँडाबाट २ मेगावाट गरि कम्पनीले ६ दशमलव ३६ मेगावाट विद्युत उत्पादन गर्न लागेको हो । वर्षयाममा प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र सुक्खा यामका लागि ८ रुपैयाँ ४ पैसाको दरमा नेपाल विद्युत प्राधिकरणसँग कम्पनीले विद्युत् विक्री सम्झौता गरिसकेको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार तिहार पछि आयोजना प्रभावित स्थानीयका लागि एक तिहाई साधारण शेयर निष्काशन हुने छ । त्यस पछि सर्वसाधारणका लागि २ तिहाई साधारण शेयर निष्काशन हुने छ ।
ङ्यादी ग्रुप पावर
अहिले नै निर्माण सम्पन्न गरि नियमित रुपमा ५ मेगावाट विद्युत उत्पादन गर्न थालिसकेको ङ्यादी ग्रुप पावर लिमिटेडले सर्वसाधारणका लागि १४ लाख ६० हजार ६ सय ५ कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।
एनआइबीएल क्यापिटलका महाप्रबन्धक मेखबहादुर थापाका अनुसार धितोपत्र बोर्डले आवश्यक प्रकृया छिटो टुङ्गो लगाइदिए छिटो भन्दा छिटो आइपीओ जारी हुने छ । जलविद्युत आयोजनाको लागत ४८ करोड ७० लाख रुपैंयाको हाराहारीमा छ । जस मध्ये ३० प्रतिशत बराबरको हिस्सा सर्वसाधारणका लागि छुट्याएर कम्पनीले १४ करोड ६० लाख रुपैंया बराबरको आइपीओ जारी गर्न लागेको हो ।
कम्पनीका अनुसार छिटो भन्दा छिटो साधारण शेयर निष्काशन गर्ने तयारी भैरहेको छ । उता कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकले माघको मध्यसम्मा साधारण शेयर निष्काशन भैसक्ने जनाएको छ । आयोजना लमजुङ जिल्लामा सञ्चालनमा छ ।
Riverगज्र्याङ हाइड्रो पावर
गज्र्याङ हाइड्रो पावर कम्पनी अन्तरगतको २ दशमलव ८३ मेगावाटको चाके खोला जलविद्युत आयोजनाको ५ लाख २२ हजार कित्ता साधारण शेयर पनि आउने तयारीमा छ । रामेछापको चुचुरे गाविसमा निर्माणधीन जलविद्युत आयोजनाको कुल लागत ४७ करोड ९२ लाख रुपैंया रहेको छ । ५ लाख २२ हजार मध्ये कम्पनीले १ लाख ७४ हजार २ सय कित्ता शेयर स्थानीय र बाँकी ३ लाख ४८ हजार ४ सय कित्ता शेयर सर्वसाधारणका लागि बितरण गर्न लागेको हो ।
कुल ४७ करोड लागत रहेको आयोजनामा सर्वसाधारणको ५ करोड २२ लाख, प्रवद्र्धकको १२ करोड १९ लाख ४० हजार रुपैंया लगानी रहने छ भने बाँकी ३० करोड ५० लाख रुपैंयाका लागि कम्पनीले नेपाल बैंक र प्रभु बैंकसंग कर्जा सम्झौता गरि सकेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआइबीएल क्यापिटल रहेको छ ।
Chhyangdiछ्याङदी हाइड्रो पावर
छ्याङदी हाइड्रो पावर कम्पनीले ७ लाख २० हजार कित्ता साधारण शेयर निष्काशनको तयार गरिरहेको छ । यसका लागि कम्पनीले धितोपत्र बोर्डमा आवेदन दिइ सकेको छ । ईक्रा रेटिड. पाउन केही समय लाग्ने भएकाले साधारण शेयर निष्काशनका लागि बढीमा ६ महिना समय लाग्ने कम्पनीले जनाएको छ ।
लमजुङकोे फलेनी र वन्सार गाविसको मध्य भागमा रहेको छन्दी खोलामा निर्माणधीन २ मेगावाटको जलविद्युत आयोजनाले निकट भविष्यमै विद्युत उत्पादन गर्ने लक्ष्य सहित निर्माण कार्य गरिरहेको छ । कम्पनीका कार्यकारी सञ्चालक एलबी थापाका अनुसार धितोपत्र बोर्डले कुनै ढिलासुस्ती नगरे ४ महिना भित्रमा आइपीओ जारी हुनेछ । ७ लाख २० हजार कित्ता मध्येबाट नै स्थानीयलाई पनि शेयर बितरण गर्ने कम्पनीको तयारी छ । यो जलविद्युत आयोजनाको चुक्ता पूँजीको करोड हो ।
कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । नेपाल धितोपत्र बोर्डमा साधारण शेयर निष्काशनका लागि आवेदन दिएका कम्पनीको अहिलेको अवस्था हेर्न यहाँ क्लिक गर्नुहोस् ।

साभार : merolagani.com

No comments:

Post a Comment

Views