Thursday, January 14, 2016

फोन अनलक नगरी यूट्युब कसरी चलाउने?


फोनलाई अनलक नगरी यूट्युब प्रयोग गर्न पनि सकिन्छ। यसका निम्ति फोनमा मोजिला फायरफक्स (Mozilla Firefox) डाउनलोड गर्नु पर्ने हुन्छ। डाउनलोड गरिसकेपछि मोजिला फायरफक्सको ब्राउजरमा गएर यूट्युब खोल्ने र ब्राउजरको सेटिङमा गएर ‘रिक्वेस्ट डस्कटप साइज’ (Request Desktop Size) मा क्लिक गर्ने। उक्त प्रक्रिया पुरा गरेपछि फोन लक गरेपनि यूट्युब चल्ने छ।
टर्च म्युजिक एप (Torch Music App) का मद्दतले पनि फोनको ब्याकग्राउण्डमा यूट्युब भिडियो हेर्न सकिन्छ। यसका लगि यस एपमा गएर कुनै भिडियो सर्च गरेर प्ले गर्ने। यसपछि फोन लक गरे पनि भिडियो हेर्न सकिने छ। टर्च म्युजिक एपलाई प्ले स्टोरबाट फ्रि डाउनलोड गर्न सकिनेछ।


सुरु भयो युट्यूबको नेपाल संस्करण

यसका साथै इन्टरनेट ब्राउजरको एड्रेसबारमा youtube.com/tv टाइप गर्ने। उक्त लिंक राखेपछि यूट्युब टिभी जस्तै खुल्ने छ। यसलाई बिना माउस पनि प्रयोग गर्न सकिन्छ।


युट्यूबले नेपाली दर्शकलाई लक्षित गरी नेपाल संस्करण सुरु गरेको छ।
 
यस नयाँ संस्करणमा नेपालमा लोकप्रिय भएका भिडियोहरु हेर्न सकिने छन्।
 
युट्यूबले यो सेवा मंगलबारदेख सुरु गरको हो। नेपालबाट युट्यूब खोल्दा युट्यूबको लोगोको छेउमा सानो अक्षरमा ‘एनपी’ (NP)  लोखेको देख्न सकिन्छ।
 
गुगलले यस सेवालाई नेपालका साथै पाकिस्तान र श्रीलंकामा पनि सुरु गरेको जनाइएको छ। नेपालबाट युट्यूब प्रयोग गरिएमा नेपालमा लोकप्रिय भएका भिडियो ट्रेण्डिङ ट्याबमा हेर्न सकिने छन्। 
 
यी देशहरुमा युट्युबको नयाँ संस्करण ल्याएर युट्युब हेर्न अनुभवलाई अझैँ राम्रो बनाउन प्रयास गरेको गुगलका प्रवक्ताले बताएका छन्।

No comments:

Post a Comment

Views