Thursday, January 14, 2016

क्यान इन्फोटेक माघ १४ गतेदेखि सुरु हुने


क्यान इन्फोटेकको २२  औं संस्करण आगामी माघ १४ गतेदेखि १९ गतेसम्म काठमाडौमा हुने भएको छ । कम्प्युटर एशोसियशन नेपाल महासंघ (क्यान महासंघ)ले मंगलबार काठमाडौमा पत्रकार सम्मेलन गरी सुबिसुको मुख्य प्रायोजन र हुवावेको सहप्रायोजनमा माघ १४ गतेदेखि  क्यान इन्फोटेक गर्ने जानकारी दिएको हो । 
 
४ लाख जनाभन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको इन्फोटेकमा हार्डवेयवर सेल्स एण्ड मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसोरिज, डिलर र डिष्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन्स, आइसीटी कलेज, सफट्वेयर सलुसन्स् लगायतका १ सय ७५ वटा स्टल रहने क्यान महासंघले जनाएको छ । इन्फोटकमा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले विशेष छुटसहितको प्याकेज ल्याउने महासंघको भनाइ छ । क्यान महासंघका महासचिव विश्वराम बलामीले यसपटकको इन्फोटेकमा स्मार्ट टेक्नोलाजीलाई मुख्य प्राथमिकता दिइने बताए।
 
 
इन्फोटेक अन्र्तगत माघ १८ र १९ गते साइबर सुरक्षा सम्बन्धमा सुविसु क्यान आइसीटी कन्फरेन्स गरिने छ । क्यान महासंघले इन्फोटेक अवलोकन गर्नेहरुका लागि टिकट दर १ सय रुपैयाँ कायम गरेको छ । सरकारी विद्यालयका विद्यार्थीहरुलाई निःशुल्क तथा अन्य विद्यार्थीलाई ५० रुपैयााको टिकटमा मेला अवलोकन गर्ने व्यवस्था मिलाइने महासंघले जनाएको छ । महासंघले सूचना तथा संचार प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्न भन्दै अनलाइनबाट टिकट काट्ने व्यवस्था मिलाइने जनाएको छ । इन्फोटेकको लाइभ भिडियो स्ट्रिमिङ गरिने महासंघको भनाइ छ ।

No comments:

Post a Comment

Views