Thursday, January 14, 2016

इन्टरनेटमा सर्च गर्नका लागि अायो नयाँ वेबसाइट ‘सेक्सी गुगल'


इन्टरनेटको संसारमा हरेक दिन नयाँ नयाँ वेबसाइटहरु सार्वजनिक भइरहेका हुन्छन्।
 
यस्तैमा हालै एक वेबसाइट सार्वजनिक भएको छ जसको नाम ‘सेक्सी गुगल डट कम (sexygoogle.com)’ रहेको छ। यसमा केही सर्च गर्दा सामान्य गुगलका जस्तै नतिजाहरु देखापर्छन्।
 
यो वेबसाइटले गुगलकै जस्तो गरी काम गर्छ, तर यसको होमपेजमा भने महिलाहरुका आकर्षक तस्विरहरु राखिएको छ। महिलाहरुको सुन्दरताको सम्मान गर्नका लागि एक आदरपूर्वक योगदान पुर्‍याउन यस्तो क्रान्तिकारी कदम चालिएको सेक्सी गुगलले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको अन्तर्राष्ट्रिय समाचारमाध्यमहरुले जनाएका छन्।
 
यो वेबसाइटको नाममा गुगल शब्द जोडिएको भएपनि गुगल र यसको कुनै सम्बन्ध नभएको पनि बताइएको छ। 

No comments:

Post a Comment

Views