Thursday, January 21, 2016

नक्कली नोट बनाउने उपकरण सहित ६ जना पक्राउ

नक्कली नोट बनाउने उपकरण सहित ६ जना पक्राउ
माघ ७, रौतहट । रौतहट प्रहरीले नक्कली नोट बनाउने उपकरण सहित जाली नोटको कारोबारमा संग्लन ६ जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । उनीहरुको साथबाट करीव ५० हजार नक्कली नोट र मेसिन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक गणेश रेग्मीले बताए ।
पक्राउ पर्नेमा गौर नगरपालिका ९ बस्ने रामप्रवेश यादव, धनुषा देउपुरा ७ का मनोजकुमार महतो, गौर नगरपालिका ४ का जुगलकिशोर कुशवाह, सखुअवा धमौरा ३ का नारायण चौधरी, चन्द्रपुर नगरपालिका १३ बलुवाका ओसी महम्मद र भारत घोडासाहनका अभयकुमार प्रहरीले सार्वजनिक गरेको हो ।पक्राउ परेका रामप्रवेश यादवको बयानका आधारमा अन्य जाली नोटको कारोबार गर्ने गिरोहलाई पक्राउ गरीएको प्रहरीले बताएको छ ।
प्रहरीले अनुसन्धान गर्ने क्रममा नारायण चौधरीको घर भित्र जमिन मुनि गाडेको अवस्थामा नक्कली नोट फेला परेको थियो ।पक्राउ परेका चौधरीले प्रहरी समक्ष एक महीना अगाडीदेखि नक्कली नोट बनाउन लागेको बताएका छन् । उनीहरुको साथबाट नक्कली नोट,मोबाइल, मोटरसाइकल, साइकल, नक्कली नोट बनाउन प्रयोग हुने मसी र कागजसमेत बरामद भएको गरिएको छ ।
नक्कली नोट पशु बजार, जुवा तास, ईटा उद्योग, ईन्धन खरीद आदिमा प्रयोग हुने गरेको प्रहरीअनुसन्धानमा खुलेको छ ।
साभार : http://www.abhiyan.com.np/

No comments:

Post a Comment

Views