Sunday, January 24, 2016

भेरी नदीमा सुन खोज्दै चिनियाँ कम्पनी

जाजरकोट : भेरी नदीको किनारमा एक चिनियाँ कम्पनीले सुनखानीको सम्भाव्यता अध्ययन थालेको छ । 
 
जाजरकोटको खलङ्गा धल्ला र जगतिपुर मटेलास्थित भेरी नदीको बगरमा चिनियाँ कम्पनी धर्मश्री माइनले सुनखानीको सम्भाव्यता अध्ययन थालेको हो । 

धल्लामा चिनियाँ नागरिक सङ्पिङको नेतृत्वमा रहेको टोलीले दुई ठाउँमा जमिनमुनि ड्रिल गरेर अध्ययन गरिरहेको छ । एक सय ५० फिट गहिरो ड्रिल गरेर अनुसन्धान गरिरहे पनि खासै प्रगति नभएको दोभासेको काम गरिरहेका काभ्रेका भोजकुमार तामाङमार्फत टोली प्रमुख सङ्पिङले बताए । 
 
चिनियाँ कम्पनी खानी तथा भुगर्भ विभागबाट सुनखानीको अध्ययन तथा अनुसन्धानको अनुमति लिएर जाजरकोट आएको हो । 
 
अनुसन्धानका लागि आवश्यक प्रविधिसहित आएको टोलीले अझै तीन महिना काम गर्ने बताएको छ । आवश्यक सामग्री लिनका लागि अध्ययनस्थलसम्म कम्पनीले दुई किमी मोटर बाटोसमेत निर्माण गरेको छ । 
 
भेरी नदीका विभिन्न ठाउँमा सुन पाइएको खानी तथा भुगर्भ विभागसँग तथ्याङ्क रहेकाले कम्पनीले चासो देखाएर पाइलट प्रोजेक्टका रुपमा अनुसन्धान गरिरहेको कम्पनीले जनाएको छ । 
 
जमिनमुनिबाट निकालिएका विभिन्न प्रकारका ढुङ्गा र अन्य खनिज पदार्थ थप अनुसन्धानका लागि कम्पनीको केन्द्रीय कार्यालयमा समेत पठाउने गरिएको कम्पनीका नेपाली सहयोगी भोजकुमार तामाङले बताए । रासस 

No comments:

Post a Comment

Views