Sunday, January 24, 2016

भारत प्रवेश गर्न नेपाली सवारीलाई पास अनिवार्य

भारत प्रवेश गर्न नेपाली सवारीलाई पास अनिवार्य
वीरगन्ज- भारतले वीरगन्जसंग जोडिएको रक्सोल लगायत सीमावार्ती भारतीय क्षेत्रमा नेपाली सवारी साधनलाई अनुमति लिएरमात्र प्रवेश गर्ने नियम बनाएको छ। सोमबारदेखि भारत प्रवेश गर्ने सवारीका साधनले भारतको अनुमति लिनुपर्ने भएको छ। अब नेपाली सवारी चालकहरुले रक्सौल प्रवेशका लागि एक दिनको अस्थायी पास लिनुपर्ने छ। 


नेपालमा वीरगन्ज बजार क्षेत्र आउँदा भारतीय सवारीले प्रवेश पास लिने ब्यवस्था भए पनि नेपाली सवारीको लागि भारतम त्यस्तो प्रवधान थिएन। खुला सीमानाको फाइदा उठाएर हुनसक्ने अपराधिक गतिबिधि र अवैध कारोबार नियन्त्रणका लागि सवारीका साधानलाई प्रवेश अनुमतिको व्यवस्था मिलाइएको जनाइएको छ। भारतीय रक्सौल कस्टमका प्रमुख कमलेश कुमारलले यस्तो ब्यवस्था लागु भएको भारतीय संचारमाध्यमलाई जनाएका थिए। उनले जानकारी गराए अनुसार सोमबारदेखि यो प्रवधान लागु हुदैछ।

'नेपाल–भारत सीमानामा आतङ्कवादीको घुसपैठ र अन्य सुरक्षा चुनौतिलाई ध्यान दिदै नेपाली सवारी साधनलाई यो व्यवस्था अनिवार्य गरिएको' कुमारलाई उदृत गर्दै भारतीय पत्रिका हिन्दुस्तान दैनितकले सामाचार लेखेको छ। यता पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले पनि प्रवेश अनुमति लागू गरिएको जानकारी आएको बताए।

अस्थायी पास लिएका सवारी साधन सीमावर्ती क्षेत्रबाट ३ किलोमिटरको दुरीको भारतीय क्षेत्रसम्म मात्र जान सक्ने छन्। त्यस्तै अनुमति लिएर तोकिएको ठाउँबाट मात्र नेपाली सवारीले भारतमा प्रवेश पाउनेछन्। रक्सोल र यहाँदेखि पूर्व पश्चिमाका गरी सीमावर्ती क्षेत्रका करीब २ दर्जन नाकामा यो व्यवस्था लागू गरिएको भारतीय भन्सारले जनाएको छ। बढी समयका लागि अनुमति चाहिएमा भारतीय दूतावास र वीरगञ्जको भारतीय महावाणिज्य दूतावासबाट स्वीकृति लिनुपर्ने ब्यवस्था पहिलेदेखि नै छ। 

साभार : नागरिक दैनिक

No comments:

Post a Comment

Views