Sunday, January 24, 2016

संविधान संशोधन हुनु सकारात्मक: भारतीय विदेश मन्त्रालय

काठमाडौं: मधेसमा उत्पन्न समस्याको सम्बोधन गर्न शनिबार गरिएको संविधान संशोधनको भारतले स्वागत गरेको छ ।
 Image result for Spokesperson of Indian foreign ministry Vikas Swarup
भारतीय विदेश मन्त्रालयले आइतबार निकालेको संक्षिप्त विज्ञप्तीमा नेपालमा संविधान संशोधन हुनुलाई सकारात्मक कदमकारुपमा उल्लेख गरेको छ ।
 
भारतले अन्य महत्वपूर्ण विषयहरुमा पनि रचनात्मक संवादबाट सम्बोधन गर्दै सहमतिमा पुग्ने विश्वास लिएको छ ।
 
मधेस आन्दोलनलाई सम्बोधन गर्न तत्कालीन कांग्रेस सरकारले दर्ता गराएको संविधान संशोधन विधेयकलाई पारित गर्ने प्रतिवद्धतासहित सरकारले गत पुस ५ गते तीन बुँदे निर्णय गरेको थियो।
 
मन्त्रिपरिषद्को तीनबुँदे निर्णयलाई पनि भारतले औपचारिक रुपमा विज्ञप्ती निकालेर स्वागत गरिसकेको छ ।

Reference: 
http://mea.gov.in/Speeches-Statements.htm?dtl/26290/Statement_by_Official_Spokesperson_on_developments_in_Nepal_January_24_2016

No comments:

Post a Comment

Views