Thursday, January 14, 2016

माइक्रोसफ्टले पुरानो अपरेटिङ सिस्टम बन्द गर्ने


माइक्रोसफ्टले विन्डोज ८ र इन्टरनेट एक्सप्लोरर आईइ (IE) ८ को लागि सेक्युरिटी सिस्टम बन्द गर्ने घोषणा गरेको छ। कम्पनीले यो नीति विन्डोज १० र एक्सप्लोरर आईइ १० लाई प्रमोशन गर्ने उद्देश्यले गरेको जनाइएको छ।
 
आफ्नो हाल उपलब्ध संस्करण र सर्पोटेड अपरेटिङ सिस्टममा मात्र केन्द्रित रहने कुराको जानकारी कम्पनीले आफ्नो अफिसियल पेजमा दिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्।
 
माइक्रोसफ्टको पुरानो संस्करण अबका दिनमा पनि काम गर्ने छ। तर कम्पनीले पुरानो संस्करणमा सेक्युरिटी अपडेट नगर्ने जानकारी गराएको छ। यस्तो स्थितिमा पुरानो संस्करणमा भाइरसले असर गर्न सक्ने खतरा रहेको बताइएको छ।
 
यसका लागि प्रयोगकर्ताहरुले एक्सप्लोरर आईइ १० स्विच गर्नु पर्ने हुन्छ। यो विन्डोज ७, विन्डोज ८.१ र विन्डोज १० मा काम गर्ने छ। साथै प्रयोगकर्ताहरुले यस ब्राउजरमा कोर्टाना पनि प्रयोग गर्न सक्ने जनाइएको छ।

No comments:

Post a Comment

Views