Wednesday, December 16, 2015

चीनले अनुदान दिएको इन्डक्सन चुल्होे सरकारले बेच्ने

चुल्होको मूल्य तोक्न वाणिज्य मन्त्रालयमा प्रस्ताव

१ पुस, काठमाडौं । चीनले अनुदानस्वरुप दिएको १३ सय इन्डक्सन चुल्हो काठमाडौं आइपुगेको छ । तर, सित्तैमा प्राप्त भएको चुल्हो सरकारले भने बेच्ने भएको छ ।
Induction-Cookerचीनले इन्डक्सन चुल्होसहित ३० टन चामल, १० टन तोरीको तेल र १० टन नुन अनुदानमा दिएको छ र यो सबै काठमाडौं आइपुगेको छ । मंगलबार रसुवागढी भन्सारबाट भित्रिएको चुल्हो बुधबार काठमाडौं आइपुगेको हो ।
चीनले अनुदानमा दिएको भएता पनि सरकारले सुपथ मुल्यमा विक्री गर्ने तयारी गरेको छ । इन्डक्सन चुल्होको विक्री नेशनल ट्रेडिङमार्फत हुने भएको छ ।
चुल्होको मूल्य तोकेर वितरण गरिने वाणिज्य मन्त्रालयका प्रवक्ता शम्भुप्रसाद घिमिरेले बताए ।
उनका अनुुसार चीनले थप १० हजार इन्डक्सन चुल्हो पठाउँदैछ । ‘दश हजार इन्डक्सन चुल्हो आएपछि एकैपटक विक्री सुरु पनि हुन सक्छ । तर, सर्वसाधारणले इन्डक्सन सलभ मूल्यमा किन्न पाउँछन्,’ घिमिरेले भने ।
चुल्हो बेचेको रकम छुट्टै खातामा राखेर सरकारको निर्णय अनुसार खर्च गर्ने मन्त्रालयको योजना छ ।
मूल्यबारे मन्त्रालयमा प्रस्ताव
चुल्हो कति मूल्यमा विक्री गर्ने विषयमा निर्णय गर्न बुधबार नै नेशनल ट्रेडिङले वाणिज्य तथा आपूर्ति मन्त्रालयमा प्रस्ताव पठाएको छ ।मन्त्रालयले बिहीबार निर्णय गरेर शुक्रबारदेखि चुल्होको विक्री थाल्ने नेशनल ट्रेडिङले जानकारी दिएको छ ।
मुख्यतः काठमाडौंका उपभोक्तालाई लक्षित गरी चुल्हो विक्री हुने नेशनल ट्रेडिङका महाप्रवन्धक सत्यनारायण मेहेताले अनलाइनखबरलाई बताए । ‘तराई क्षेत्रमा भारतबाट सहजरुपमै इन्डक्सन चुल्हो आएका छन् । काठमाडौंबाहेक पोखरामा पनि चुल्हो बेच्ने सम्भावना छ’ मेहेताले भने ।
इन्डक्सन चुल्होको वितरण कसरी र कुन प्रक्रियाबाट गर्ने भन्ने निर्णय वाणिज्य मन्त्रालयले गर्नेछ । सर्वसाधरणलाई एउटा परिवारमा नदोहोरिने गरी चुल्हो वितरण गर्ने सरकारको योजना छ । यसका लागि व्यक्तिगत विवरण र नागरिता लिएर मात्रै चुल्हो बिक्री गरिने महाप्रवन्धक मेहेताले बताए ।
Reference: http://www.onlinekhabar.com/2015/12/363425/#sthash.59m8dSfy.dpuf

No comments:

Post a Comment

Views