Friday, December 4, 2015

अब राजदूतहरुलाई जथाभावी बोल्न, डुल्न र भेटन छुट नदिइने

Image result for kamal thapa photoनेपालमा संसारमा कहीं पनि नपाएो छुट विदेशी राजदूतहरुले पाइरहेका छन् । उनीहरु कुनै पनि बेला जहाँ जान मन लाग्यो त्यही जान्छन्, जसलाई जतिबेला मनलाग्यो भेट्न सक्छन् । कूटनीतिक मर्यादा विपरीत हस्तक्षेपकारी भूमिका निर्वाह गर्छन् ।
राजदूतहलाई सीमामा राख्ने काम तत्कालीन प्रधानमन्त्री झलनाथ खनालको पालाबाट सुरु भएको हो । उनीहरुलाई कूटनीतिक मर्यादाको सीमा रेखा डा. बाबुराम भटुटराई नेतृत्वको सरकारका उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले कडाईका साथ पालना गराउनुभयो ।
अहिले केपी ओली नेतृत्वको सरकारका उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाको पालामा पनि कूटनीतिज्ञहरुलाई अनुशासनमा राख्ने र नेपालका राजनीतिक तथा उच्च पदस्थहरुका लागि कूटनीतिक आचारसंहिता लागू हुनेभएको छ ।
उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले अहिले नेपालमा कूटनीतिक मर्यादाले सीमा नाघिसकेको भन्दै आफूले कूटनीतिक आचारसंहिता कार्यान्वयनमा ल्याउने बताउनुभएको हो ।
मन्त्री थापाले कूटनीतिज्ञलाई छाडा ढंगले स्वच्छन्द रूपमा अघि बढाए सम्बन्धमा असर पर्छ । त्यो नेपालको हितमा छैन भन्दै त्यसमा सुधार अपरिहार्य भएकाले कूटनीतिक मर्यादा कायम गर्न आफू कडा रूपमा उत्रने समेत उनले बताउनुभयो ।
परराष्ट्र मन्त्रालयको कार्यभार सम्हालेको भोलिपल्ट मंगलबार भारतीय पक्षसँग अनौपचारिक छलफल गरेलगत्तै रिपोर्टस् क्लबको कार्यक्रममा उहाँले त्यस्तो धारणा राख्नुभएको हो ।
त्यस क्रममा मन्त्री थापाले नेपालको असंलग्नता, पञ्चशील र संयुक्त राष्ट्रसंघको बडापत्रमा आधारित पराष्ट्र नीतिलाई प्रोएक्टिभ ढंगले अगाडि बढाउने भन्दै छिमेकी चीन र भारतका साथै अन्य मित्र मुलुकसँगको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने र आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा दिएर सरकार अघि बढ्ने समेत बताउनुभयो ।
त्यस्तै विद्यमान पारबहन तथा आवागमन समस्या समाधानका लागि आन्तरिक तथा बाह्य प्रयास आरम्भ भइसकेको जानकारी दिंदै मन्त्री थापाले
समस्या हल गर्ने समितिको संयोजकको भूमिका पाएलगत्तै आफूले त्यसमा पहलकदमी आरम्भ गरेको र त्यसको नतिजा आउन थालेको दावी गर्नुभयो ।
एक अर्को प्रसंगमा मन्त्री थापाले फरक फरक विचार भए पनि अहिलेको सरकार राष्ट्रियताको सुदृढीकरण, प्रजातन्त्रको सबलीकरणका साथै मुलुकको आर्थिक समृद्धिमा तल्लीन भएर काम गर्ने बताउँदै त्यही आधारमा नै यो गठबन्धन बनेको र फरक राजनीतिक विचारले सरकारको प्रभावकारितामा कुनै असर नपर्ने स्पष्ट पार्नुभयो ।
आफूले फरक राजनीतिक विचार बोकेको भए पनि राष्ट्रियताका लागि गणतान्त्रिक संविधानको शपथ खाएकाले यसको कार्यान्वयन आफ्नो कर्तव्य रहेको पनि थापाले बताउनुभयो ।
साक्षात्कारमा मन्त्री थापाले आफ्नो जिम्मेवारी र पार्टीको अडान फरक पनि हुनसक्ने भन्दै संविधानले दिएको विचार तथा अभिव्यक्तिको स्वतन्त्रतामा अडेर नेताहरूले आफ्नो विचारलाई अगाडि बढाउन सक्ने बताउनुभयो ।
Reference:
http://www.nepaljapan.com/

No comments:

Post a Comment

Views