विदेशी कुटनीतिक नियोगका प्रमुख राजदूत जापानी भाषामा दक्ष रहेको खण्डमा द्धिपक्षीय सम्वन्धमा नयाँ आयाम थपिने धारणा राखेका हुन । मंगलवार विभिन्न २४ देशका विदेशी राजदूतहरुसंगको रात्री भोज कार्यक्रममा जापानको अन्य देशसंगको सम्वन्ध स्थापित गर्न भाषामा दक्ष राजदूत अनिवार्य भएको बताए ।
जापानको वाहय र आन्तरिक पारस्पारिक सम्वन्ध मजवुत वनाउन जापानी भाषा जानेको व्यक्तिले धेरै सकारात्मक कार्य गर्न सक्ने भन्दै प्रधानमन्त्री आवेले भाषामा दक्ष राजदूत नै नियुक्ति हुनुपर्ने आफनो माग रहेको बताए । जापानी संचारकर्मीहरुसंगको भेटमा उनले कुटनीतिक नियोगमा जापानी भाषा जानेको राजदूत भएको अवस्थामा मात्र विभिन्न विषयमा खुलेर कुरा गर्न सकिने बताएका थिए । आवे प्रशासनले पनि भाषामा सहज भएका विदेशी निकायसंग धेरै किसिमका कार्यक्रम थालनी गरेको सो भेटघाटमा जानकारी दिएका थिए ।
मंगलवारको भेटघाट कार्यक्रममा आवेले भाषामा निपुर्ण अष्टे«लिया, वेलायत, चीन, मंगोलिया, न्यूजिल्याण्ड, दक्षिण कोरिया र टर्की लगायतका २४ देशका राजदूतहरुसंगको छलफलमा यस्तो धारणा राखेको जापानी संचार माध्यमहरुले जनाएका छन । जसमध्ये जर्जिया, पराग्वे, भेनेजुयला, मोरक्को, पानामा, अर्मानिया, काजकिस्तान, ईण्डोनेसिया, माल्दिभ्स, अर्जेन्टिना, सर्भिया, मेसिडोनिया, सन मारिनो, मिक्रोनेसिया र साल्भादर लगायतका राजदूतहरुको भेलामा सहभागिता रहेको थियो । प्रधानमन्त्री आवेले जापानलाई नजिकबाट चिन्ने र बुझनेहरुसंग हर तरहले काम गर्न सहज महशुस गरेको सो अवसरमा जानकारी दिएका थिए ।
कुटनीतिक सम्वन्ध कै कारण द्धिपक्षी मुलुकको हितमा काम हुने भन्दै आवेले जापानको योजना, कार्यक्रम तथा जापानी रहन सहन वुझेको दूतले जापान सरकारले आगामी दिनमा गर्न लागेको शक्तिशाली मुलुक निमार्णको योजनालाई सहयोग पुग्ने बताएका थिए । जापानको उच्चस्तरिय प्रविधि, प्राविधिक क्षमता, आधुनिक संस्कृति, परिकार ‘वासोकु’ र परम्परागत कला सस्कृति भाषाकै माध्यमबाट अन्य मुलुकहरुसंग सम्वन्ध स्थापित गर्न चाहेको अवस्थामा भाषा पहिलो प्राथमिकता रहेको सार्वजानिक गर्दै आएको छ ।
यसैवीच जापानवासी नेपालीहरुले नयाँ आउने राजदूतमा भाषामा दक्ष तथा जापान सरकारसंग नजिक भएर काम गर्नसक्ने व्यक्तिको नियुक्ती हुनु पर्ने धारणा राख्दै आएका छन । हाल जापान स्थित नेपाली राजदूतावास रिक्त अवस्थामा रहेको छ।
Reference:
http://www.nepaljapan.com/221009-2/
No comments:
Post a Comment