- दुबईको ६३ तले टावरमा आगलागी
एजेन्सी , दुबई, पुस १७ -स्थानीय समय अनुसार राती ९ बजे टावरको २० औं तलामा आगलागी सुरु भएको थियो। आगो फैलिएर ४० औं तलासम्म पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। दुबईका अधिकारीहरुले आगलागीमा १६ जना घाइते भएको बताएका छन्। आगलागीको कारण खुल्न सकेको छैन।
- 0 Comments
- मोटरसाइकल चोरी गरेको आरोपमा एकजना पक्राउ
महोत्तरी, पुस १७ - मोटरसाइकल चोरी गरेको आरोपमा महोत्तरीको गौशालाबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीले लक्ष्मीनियाँ–३ का १८ वर्षीय दिनेशकुमार महतोलाई मोटरसाइकलसहित शुक्रवार विहान पक्राउ गरेको हो ।
- 0 Comments
- भागवण्डाको राजनीतिले कांग्रेस इतिहासकै कमजोर : कोइराला
सेतोपाटी संवाददाता, चितवन, पुस १७ - नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले भागबण्डाको राजनीतिले काँग्रेस अहिले इतिहासकै कमजोर अवस्थामा पुगेको वताएका छन् । कोइरालाले भागबण्डाको राजनीतिले कार्यकर्तासमेतको शिर निहुँरिएकाले अब ६०÷४० को भागबण्डाको राजनीति जसरी भएपनि तोड्नु पर्ने बताएका हुन् ।
- 0 Comments
- आगो ताप्ने क्रममा जलेर एकको मृत्यु
गुल्मी, पुस १७ - गुल्मीको शान्तिपुरमा आगो ताप्ने क्रममा जलेर एकजनाको मृत्यु भएको छ । विशुखर्क–१ बजेनीका ३६ वर्षीय झकबहादुर सार्कीको गएराति आगो ताप्ने क्रममा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।
- 0 Comments
- ट्राफिकद्वारा असुरक्षित हेलमेट नियन्त्रण अभियान सुरु
चितवन, पुस १७ - चितवनमा ट्राफिक प्रहरी कार्यालयले असुरक्षित हेलमेट नियन्त्रण अभियान सुरु गरेको छ । हेलमेटमा लापरबाही गर्ने र तालु मात्रै ढाक्ने जस्ता साना तथा असुरक्षित हेलमेटका कारण दुर्घटनामा ज्यान जोखिम हुने भन्दै प्रहरीले यस्तो अभियान थालेको जनाएको छ । दुई दिनअघिबाट सुरु भएको अभियानअन्तर्गत अहिलेसम्म प्रहरीले १६० वटा हेलमेट नियन्त्रणमा लिइसकेको छ ।
- 0 Comments
- नियुक्त भएको एक सातापछि ६ राज्यमन्त्रीले सपथ लिँदै
सेतोपाटी संवाददाता, काठमाडौँ, पुस १७ -प्रधानमन्त्री केपी शर्मा ओलीले ६ जना राज्यमन्त्रीलाई सपथ ग्रहण गराउने भएका छन् । प्रधानमन्त्री ओलीले शुक्रवार यसअघि नै नियुक्त भएका एमालेका ६ जना राज्यमन्त्रीहरुलाई सपथ खुवाउन लागेका प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । अघिल्लो बिहीवार मन्त्रिमण्डल विस्तार गर्दा नै राज्यमन्त्री भएकाहरुलाई झण्डै एक साता पछि शुक्रवार प्रधानमन्त्री ओलीले पद तथा गोपनियताको सपथ ग्रहण गराउन लागेका हुन् ।
- 0 Comments
- नयाँ वर्षले नेपालीको एकतालाई बलियो बनाउन सकोस् : प्रधानमन्त्री
अंग्रेजी नयाँ वर्ष सुरु
काठमाडाैँ, पुस १७ - प्रधानमन्त्री केपी शर्मा ओलीले अंग्रेजी नयाँ वर्षले नेपालीवीचको एकतालाई अझै बलियो बनाउने विश्वास व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीले अंग्रेजी नयाँ वर्ष २०१६ को अबसरमा शुभकामना सन्देश दिँदै अंग्रेजी नयाँ वर्षले नेपालीबीचको हार्दिकता र एकतालाई अझै बलियो बनाउने विश्वास व्यक्त गरेका हुन् ।
- 0 Comments
- पर्यटनमन्त्रीले बिर्सिए अाफ्नै मन्त्रालयको निर्णय
भोजराज श्रेष्ठ , धरान, पुस १७ -नेपालका मन्त्रीहरुले सामान्य कुराहरु त हेक्का राख्दैनन् भन्ने त सबैलाई थाहा भएकै कुरा हो । तर, आफ्नै मन्त्रालयबाट भएका महत्वपूर्ण निर्णयहरुको पनि ख्याल राख्दैनन् भन्नेको उदारहण बनेका छन् अहिलेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेल । उनले धरानको प्रस्तावित एयरपोर्टको निरीक्षणको क्रममा भने ‘म काठमाडौं पुगेपछि तत्कालै सर्वे अध्ययनको लागि प्राविधिकहरु पठाइदिनेछु । तपाईहरु निश्चिन्त हुनुस् ।’ जवकी पर्यटनमन्त्री लोकेन्द्रबहादुर विष्ट र अर्का पर्यटनमन्त्री भीम आचार्यकै पालामा यसको सर्वे मात्रै हैन, वातावरणीय प्रभाव मूल्यांकनसमेत भइसकेको छ ।
- 0 Comments
- विभिन्न छ जनाको तस्बिर हुलाक टिकटमा
काठमाडौँ, १६ पुस - सूचना तथा सञ्चारमन्त्री शेरधन राईले संविधानको प्रभावकारी कार्यान्वयनसँगै मुलुकलाई आर्थिक विकासको बाटामा अगाडि बढाउनुपर्ने बताएका छन्। हुलाक सेवा विभागले प्रकाशनमा ल्याएको विभिन्न व्यक्तिको तस्बिरअङ्कित हुलाक टिकटमा आज प्रथम टाँचा ल...
- 0 Comments
- संशोधन विधेयकबारे संसदमा कांग्रेस–एमालेवीच जुहारी
मधेसवादी दललाई समेटेर संविधान संशोधन गरौँ : ढुंगाना
सेतोपाटी संवाददाता, काठमाडौँ, पुस १६ -व्यवस्थापिका संसद्मा प्रमुख सत्तारुढ नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदमा जुहारी चलेको छ । संसद्को विहीवार बसेको बैठकमा संविधान संशोधन विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा प्रमुख दुई दलका सांसद्बीच जुहारी चलेको हो । छलफलमा भाग लिने क्रममा रोष्टममा पुगेका काँग्रेसका सांसद् आनन्दप्रसाद ढुंगानाले भूकम्प प्रभावितको दयनीय अवस्था र चार महिना लामो मधेस आन्दोलनलाई उपेक्षा गरेर सरकार आफ्नो आयु बढाउने खेलमा लागेको आरोप लगाए ।
- 0 Comments
- एमाओवादी अध्यक्ष प्रचण्ड ट्वीटरमा
काठमाडौं, पुस १५ - एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले ट्वीटर चलाउन सुरु गरेका छन्। उनले @cmprachanda ह्याण्डलबाट ट्वीटर एकाउन्ट खोलेका छन्। बिहीबार साँझसम्ममा उनले १५६ प्रयोगकर्तालाई 'फलो' गरेका छन् भने १०७ जनाले...
- 0 Comments
- अमेरिकी हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका परिवारले बिमा रकम पाएनन्
गोकर्ण भण्डारी , दोलखा, पुस १६ - भूकम्पमा परी घाइते भएकाहरुको उद्धारका लागि खटिएको अमेरिकी मरिन हेलिकप्टर दुर्घटनामा मृत्यु हुनेहरुका पीडित दोलखाली परिवारका आफन्तले आठ महिना पुगिसक्दा पनि बिमा रकम पाउन सकेका छैनन् । घाइते लिएर उडेको हेलिकप्टर जेठ ६ गते दोलखाको कालिञ्चोक गाविसमा दुर्घटना हुँदा लामिडाँडा–६ का ५० वर्षीया सावित्री शिवाकोटी खड्का, लादुक–७ का ५० वर्षीय ओमबहादुर खत्री, ५८ वर्षीय शिव खत्री, ३० वर्षीय ध्रुव केसी कटुवाल र ५८ वर्षीय लोकबहादुर केसी कटुवालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
- 0 Comments
- माल्दिभ्सलाई हराउँदै भारत साफ च्याम्पीयनसिपको फाइनलमा
सेतोपाटी संवाददाता, काठमाडौं, पुस १६ - पहिलो सेमिफाइनलमा माल्दिभ्सलाई ३-२ले हराउँदै भारत साफ च्याम्पियनसीपको फाइनलमा प्रवेश गरेको छ। भारतको केरलास्थित त्रिबन्दरम् रङ्गशालामा भएको खेलमा भारतका जेजेले २ तथा कप्तान सुनिल क्षेत्रीले एक गोल गरे। मालदिभ्सका लागि अहमेद नासिद र अम...
- 0 Comments
- मोदीलाई फोन अोलीले गरेका थिए
काठमाडौं, पुस १६ (सेतोपाटी) - भारतीय विदेश मन्त्रालयले टेलिफोन प्रधानमन्त्री अोलीले गरेको जनाएको छ। विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ- प्रधानमन्त्री केपी शर्मा अोलीले प्रधानमन्त्रीलाई टेलिफोन गरेर नेपालको राजनीितक विकासक्रमबारे 'ब्रिफ' गर्नुभयो।
- 0 Comments
- मानवअधिकार आयोगले सरकारलाई भन्यो: जाडोमा भूकम्पपीडित मर्न नपाउन्
काठमाडौँ, पुस १६ - राष्ट्रिय मानवअधिकार आयोगले खासगरी हिमाली क्षेत्रमा हवाई मार्गबाट न्यानो ओढ्ने ओछ्याउने लत्ताकपडा समेतका सामग्री तत्काल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको छ । आयोगको अनुगमन प्रतिवेदनले भूकम्प प्रभावित जिल्लामा जाडोबाट धेरै भूक...
- 0 Comments
- घुस लिँदालिँदै उपसचिव पोखरेल पक्राउ
काठमाडौं, पुस १६ (सेतोपाटी) - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालयका प्राविधिक निर्देशक उपसचिव नविनकुमार पोखरेललाई घुस लिँदालिदै पक्राउ गरेको छ।विद्युतीय सवारीको नविकरण शुल्कमा घुस लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले पोखरेललाई पक्राउ गरेको आयोग प्रवक्ता कृष्णहरि पुष्करले सेतोपाटीलाई जानकारी दिए।
- 0 Comments
- सगरमाथा संरक्षणका अभियन्ता वाङछुलाई राष्ट्रिय सलामीपछि मात्रै अन्त्येष्टि गर्न माग
काठमाडौ, पुस १६(सेतोपाटी) -सगरमाथा संरक्षणका अभियन्ता वाङछु शेर्पालाई राष्ट्रिय सलामी सहित अन्त्यष्टि गर्न परिवारले माग गरेको छ। राष्ट्रिय महत्वको विषयमा गरेको योगदानको कदर गर्दै उनलाई राष्ट्रिय सलामी दिनुपर्ने माग परिवारले गरेको हो। ४८ वर्षको उमेरमा पुस १५ मा निध...
- 0 Comments
- ज्वाइँबाटै बेचिन लागेकी महिलाको व्यथा
भीमदत्तनगर, पुस १६ - कञ्चनपुरको झलारी नगरपालिकाकी १६ वर्षीया रामवती बोहरा (नाम परिर्वतन) गत साउन १० गते बुबा–आमाको आशीर्वाद थापेर धन कमाउने सपना बोकेर ज्वाइँ प्रकाश मगरसित भारत पसिन्। गाउँकै स्कूलमा कक्षा ८ मा अध्ययनरत बोहरालाई उनकी ठूलोबुबाकी नातिनी ज...
- 0 Comments
- यु–२३ बङ्गबन्धु कप:मलेसिया, श्रीलङ्का र बङ्गलादेशसँगै नेपाल समूह ‘ए’मा
काठमाडौँ, पुस १६ -बङ्गलादेशको ढाकामा हुने यु–२३ बङ्गबन्धु कप फुटबल प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ। ढाकास्थित बङ्गलादेश फुटबल फेडरेसन हाउसमा आज भएको गोलाप्रथामा नेपाल समूह ‘ए’ मा परेको अखिल नेपाल फुटबल सङ्घ (एन्...
- 0 Comments
- नवलपरासीमा बजार र यातायात खुल्यो
परासी, पुस १६ - चार महिनादेखि बन्द रहेको सदरमुकाम परासीसहित दक्षिणी भेगका बजार र यातायात सेवा आजदेखि सञ्चालनमा आएका छन्। मधेसी मार्चाले सर्वसाधारणको समस्यालाई दृष्टिगत गरी बन्दलाई खुकुलो पारेपछि लामो समयदेखि बन्द रहेका बजार र यातायातका सवारी साधन ...
- 0 Comments
- मन्त्रालयबाट सूचना प्रविधि झिकिनु ठीक होइन: सचिव मल्ल
काठमाडौँ, पुस १६ - राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा हुनुभएका सूचना तथा सञ्चार मन्त्रालयका सचिव सुनिलबहादुर मल्लको आज सञ्चार मन्त्रालयमा आयोजित समारोहमा बिदाइ गरियो। श्री मल्ल २०७१ भदौ २ गतेदेखि सञ्चार मन्त्रालयमा कायममुकायम सचिव र २०७१ साल माघ २२ गत...
- 0 Comments
- वन्यजन्तु तस्करी रोक्न सिसी टिभी
धुन्चे (रसुवा), पुस १६ - वन, वनस्पति, वन्यजन्तु र जैविध विविधताको संरक्षण अभियानलाई सहज पार्न नेपाली सेनाको धुन्चेस्थित जाँच परीक्षण केन्द्रमा सिसी टिभी जडान गरिएको छ। लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार आधुनिक उपकरणको सहायताले अवैध धन्दामा संलग्न व...
- 0 Comments
- बिहेको कुरा नमिलेपछि कृष्ण कुमारीको हत्या
गाईघाट, पुस १६ - चार दिन अघि उदयपुरको रामपुर ठोक्सिला-८ की ३८ वर्षीया कृष्ण कुमारी कटुवालको हत्या स्थानीय मजदुर सरोज मगरले गरेको खुलेको छ । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाका अनुसार झापा जिल्ला तोपगाछी गाबिसका ३९ वर्षीय मगरले कृष्ण कुमारीलाई केही समय यतादेखि शारिरीक सम्पर्क राख्दैआएका थिए ।
- दुबईको ६३ तले टावरमा आगलागी
- मलाई सिध्याउन प्रचण्डनिकट गिरोह नै लाग्यो’
एमाओवादी परित्याग गर्दै हेमन्त प्रकाश
सेतोपाटी संवाददाता, काठमाडौँ, पुस १७ - एकीकृत माओवादीका नेता हेमन्तप्रकाश वलीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकटको एउटा गरोह आफूलाई पारिवारिक कुरासँग जोडेर सिध्याउन खाजेको आरोप समेत लगाएका छन् । सेतोपाटीसँग कुराकानी गर्दै उनले भने–परिवारको समस्या, पारिवारिक कुरा पार्टीगत कुरा हुँदैन त्यो निजी मामिला हुन्छ । तर मलाई मेरो निजी मामिला देखाएर कारबाही गरेर सिध्याउने काम भयो । त्यसैले पार्टी छोडेर स्वतन्त्र भएको घोषणा गर्ने तयारी गरेको छु ।’
- 0 Comments
- राजनीतिमधेस आन्दोलनका विषयमा प्रचण्ड र तमलोपा अध्यक्ष ठाकुरबीच छलफल
सेतोपाटी संवाददाता, काठमाडौं, पुस १६ -एमाओवादी अध्यक्ष प्रचण्ड र तमलोपाका अध्यक्ष महन्थ ठाकुरबीच आज साँझ काठमाडौंको बानेश्वरमा भेटवार्ता भएको छ। साँझ ५ बजेबाट १ घन्टासम्म भएको भेटमा सहमति कायम गरी संविधान संशोधन गर्ने र मधेशी मोर्चाका आन्दोलनका कार्यक्रम फिर्ता गर्ने विषयमा छलफल भएको छ। ‘छलफल गम्भीर र सकारात्मक भएको थियो। अध्यक्ष प्रचण्डले यस विषयमा प्रधानमन्त्रीसँग थप छलफल गरी पुनः तमलोपा अध्यक्षसँग छलफल गर्ने हुनुभएको छ,’ प्रचण्ड निकट स्रोतले भन्यो।
- 0 Comments
- राजनीतिरतुवा र मावाको अब पाता फर्काइन्छ- प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओलीको गृह जिल्ला भ्रमण
बिनोद सापकोटा, झापा पुस १६ - उनले झापाको दमकलाई हरित नगरीको रुपमा विकसित गर्न आफू प्रतिवद्ध भएको उद्धघोष गरे। उनले दमक चिसापानि सडकलाई वहुवर्षे योजना अन्र्तगत सालिन्य स्तर बृद्धी कालोपत्रे गरिने बताए। प्रधानमन्त्री ओलीले दमक मधुमल्ला जोड्ने बाटोलाई पनि आफूले ध्यान दिएको प्रधानमन्त्री ओलीले बताए। उनले भने, ‘अब रतुवा र मावा नदीको पाता फर्काएर दुवैतिर बाँध बाँधेपछि नदी कटानको समस्याबाट स्थानीय मुक्त हुन्छन्।’
- 0 Comments
- राजनीतिप्रधानमन्त्रीका लागि यतीको जहाज डेढ घन्टा होल्ड
भिआईपी रुमभित्र प्रधानमन्त्रीको फोटोसेसन
खिलानाथ ढकाल, विराटनगर, पुस १६ - भारतको अघोषित नाकाबन्दी र तराई आन्दोलनले मुलुक जर्जर भएका बखत सर्वसाधारणलाई कुराएर प्रधानमन्त्री केपी ओलीका लागि बिहीबार ढेड घन्टा जहाज 'होल्ड' गरिएको छ। ढेड घन्टाअघि नै विराटनगरबाट उड्नुपर्ने यती एयरलाइन्सको जहाज प्रधानमन्त्री आउन ढिला भएको भन्दै होल्ड गरिएको हो।
- 0 Comments
- राजनीतिसंसदमा मोर्चाको अवरोध कायमै
बिष्णु बुढाथोकी, काठमाडौं, पुस १६ - आन्दोलनरत मधेसी मोर्चाको माग सम्बोधन गर्न भन्दै सरकार र प्रमुख राजनीतिक दलबीच भएको सहमति अनुसार सरकारले संविधानमा संशोधन प्रस्ताव दर्ता गरेपनि मधेसी मोर्चाले सबै मुद्दा प्याकेजमा सहमति नभएको भन्दै संसदमा विरोध जारी राखेको छ। सभामुख ओनसरी घर्तिमगरले संसदको बैठक शुरुगर्नासाथ मधेसी मोर्चाका सदस्यहरु विरोधमा उत्रदै नाराबाजी गर्दै वेल घेराउ गरेका थिए। त्यसको बाबजूद विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिन चाहने सदस्यहरुलाई बोल्न तेस्रो दिन समय दिएकी थिइन्।
- 0 Comments
- समाजभूकम्पपीडितका लागि ‘काल’ बन्दै चिसो
‘न्यानो कपडा भए बुबा अझै बाँच्नु हुन्थ्यो’
किशोर बुढाथोकी, सिन्धुपाल्चोक, पुस १६ -हिमालको सिरेटोलाई जस्ताको टहरोले नछेक्ने भएकाले भूकम्पपीडितहरु राम्रोसँग रातभर निदाउन सकेका छैनन् । जिल्लाका सबै गाउँमा रहेका दीर्घ रोगीहरु यो हिउँदबाट त्रसित बनेका छन् । जिल्लामा पछिल्लो साता एकै गाउँमा चिसोका कारण ७ जनाको मृत्यु भएको खबर सञ्चारमाध्यममा आएपछि दीर्घ रोगीहरु आफू मृत्यु कुरेर बसिरहेको भान भएको बताउन थालेका छन् ।
- 0 Comments
- राजनीतिमोदी र ओलीबीच टेलिफोनमा कुराकानी
मोदीले भने- आपूर्ति व्यवस्थामा भारतको कुनै रोकटोक छैन
सेतोपाटी संवाददाता, काठमाडौं, पुस १६ -प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पुनः टेलिफोन वार्ता गरेका छन्। झापामा रहेका प्रधानमन्त्री ओलीलाई केहीबेर अघि मोदीले फोन गर्दै पछिल्लो राजनीतिक अवस्थाका बारेमा बुझेको प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहाकार प्रमोद दाहालले बताए।
- 0 Comments
- समाजखोइ सही नीति, सही कार्यान्वयन?
हाम्रो काठमाडौं-६
रूद्रसिंह तामाङ, (प्रमुख कार्यकारी अधिकृत, काठमाडौं महानगरपालिका) - आयोजना निर्देशनालयसँग सम्झौता गरेर हामीले काठमाडौंको विकास यसरी गर्छौ भनेका छौं। काठमाडौंको सार्वजनिक यातायातको दुदर्शा हटाउन पर्छ। यसका लागि महानगरपालिका एक्लैको प्रयासले मात्र हुँदैन। सरकारका तर्फबाट सहि नीति र सबैको सहयोग चाहिन्छ।
- 0 Comments
- राजनीतिडा केसीद्वारा सरकारलाई एकहप्ते अल्टिमेटम
सेतोपाटी संवाददाता, काठमाडौं, पुस १५ -‘चिकित्सा शिक्षा नीति निर्माण गर्ने तथा तत्काल मेडिकल शिक्षासम्बन्धी सम्पूर्ण निर्णयहरु गर्ने जिम्मेवारीसहित चिकित्सा शिक्षा आयोग बनाउन सरकारलाई यसै विज्ञप्तिमार्फत् एक साताको अल्टिमेटम दिन चाहन्छौं,’ बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘साथै नयाँ चिकित्सा शिक्षा नीति ऐनका रुपमा जारी नहुँदासम्म सम्बन्धन, बिस्तारित कार्यक्रम, प्रतिष्ठान वा अरु कुनै पनि वहानामा चिकित्सा विषयका नयाँ शिक्षण संस्थाहरु नल्याउन सरकारलाई सचेत गराउँदै सोको सार्वजनिक प्रतिबद्धता गर्न स्मरण गराउन चाहन्छु।’
- 0 Comments
- राजनीतिस्वास्थ्य स्थिति सामान्य रहेका महतो अझै 'आइसियूमा'!
राजेन्द्र महतोलाई के भएको हो ?
खिलानाथ ढकाल/हिमाल दाहाल, विराटनगर/सुनसरी, पुस १५ - स्वास्थ्य स्थिति सामान्य भए पनि आइसियु बेडमा बस्दै आएका नेपाल सद्भावना पार्टीका अध्यक्ष महतोले गोल्डेन अस्पताल विराटनगरबाट शनिबार राति १२ बजे जोडबल गरेर डिस्चार्ज लिएको अस्पताल प्रशासनले जनाएको छ। *** सप्तरीको राजविराजस्थित शिव मन्दिरमा उनको स्वास्थ्य सुधारको कामना गर्दै ‘मृत्युञ्जय’ पाठसहित पूजा लगाइएको छ । यी सबै प्रार्थना र पूजा चलिरहँदा महतोलाई अहिले कुनै स्वास्थ्य समस्या नरहेको अस्पताल प्रशासनले जनाएको छ। विस्तृतमा
- 0 Comments
- राजनीतिसरकार, प्रतिपक्ष र आन्दोलनकारीबीचको सहमति प्रयासको समर्थन गर्छौः भारतीय राजदूत
‘ओलीलाई भारतमा स्वागत गर्छौ’
सेतोपाटी संवाददाता, काठमाडौं, पुस १५ - नेपालका लागि भारतीय राजदूत रञ्जित रेले नेपालको सरकार, प्रमुख प्रतिपक्षी दल र आन्दोलनकारीबीच भईरहेको सहमतिको प्रयासलाई भारतले समर्थन गरेको बताएका छन्। ‘मधेसको समस्या राजनीतिक समस्या हो, त्यसैले यसको समाधान बार्ताबाटै हुनुपर्छ। सरकार, प्रमुख प्रतिपक्षी दल र आन्दोलनकारीवीच भईरहेको सहमतिको प्रयासको हामी समर्थन गर्छौ। यो सार्थक र परिणाममुखी होस भन्ने हाम्रो अपेक्षा छ,’ रिपोर्टर्स क्लबले बुझाएको ज्ञापनपत्र पछि राजदूत रेले भने।
- 0 Comments
- समाजतमु ल्होछारको रौनक! (फोटो र भिडियो)
भरतबन्धु थापा, काठमाडौं, पुस १५ - हरेक वर्ष झैं यो वर्ष पनि गुरुङ समुदायले आफ्नो महान पर्व तमु ल्होछार रमझमका साथ मनाएको छ। धार्मिक तथा सांस्कृतिक मान्यता अनुसार भेडा वर्षलाई विदा गरेर बाँदर वर्षको स्वागत गर्दै गुरुङ समुदायले बुधबार विभिन्न कार्यक्रम गरेर ल्होछार मनाएको हो। नयाँ वर्षका रूपमा ल्होछार पर्व नेपालमा तामाङ, शेर्पा, गुरुङ, मगर, थकाली जिरेल, भोटे, दुरा, लेप्चालगायतका जातिले मनाउने गर्छन्।
- 0 Comments
- समाजहामी आइमाइको 'अभागी' कर्म
ज्योति देवकोटा - २८ वर्ष नकाटेकी बिनाकी आमालाई १७ वर्ष अगाडि भाइ बोक्नु पर्ने यस्तै जिम्मेवारी आइपर्यो। त्यसैले उनले पनि स्कुल जान पाइन। आमाले त्यही बेहोरिन र, छोरीलाई पनि यही सिकाइन्। आँगनमा दाउराको डोको नबिसाउँदै ६ महिनाको वालक दुधचुस्न आइपुग्यो । ‘बिना आलु उसिनिस्’ आमाले दिनभरी ६ महिनाको वालक हेरेर बसेकी छोरीलाई प्रश्न गरिन्। स्कुल जाने उमेरकी बिनाले अनुहारमा खुसी पोख्दै इसाराले ‘पाक्दै छ’ भन्ने जवाफ दिइन्। आमा दाउरावाट आइपुग्नु भन्दा अगाडि भोकाएको भाइलाई फकाउन बिनाले ‘क…वाट कछुवा’ लयबद्धरुपमा सुनाइरहेको मैले हेरिरहेको थिएँ। उनमा क,ख,ग प्रतिको आर्कषण जति भए पनि उनी स्कुल जान पाउने छैनन्। यो अनुमान लगाउन मलार्इ कुनै गाह्रो थिएन । पाँच मिनेटसम्मका कुराकानी र दृश्यहरु आँखा र कान बन्द नगरेर हेरेँ सुने।
- 0 Comments
- समाजयातायातमा सिन्डिकेटको दादागिरी कहिलेसम्म?
हाम्रो काठमाडौं- श्रृंखला ५
शोभा शर्मा, काठमाडौं, पुस १५ - सवारी जाम हुने, दुर्घटना हुने, ट्राफिक नियमको उल्लंघन भइरहने जस्ता कार्यहरुको कारण खोतल्दै जाने हो भने सिण्डिकेटको भयाभह रुप देखिन्छ। काठमाडौंका सवारी यातायातमा भएको सिण्डिकेट नहटेसम्म यहाँको यातायात व्यवस्था यस्तै रुग्ण,असुरक्षित हुने छ। त्यसको मार उपभोक्ताले प्रत्यक्ष र राज्यले परोक्षरुपमा खेप्नु परिरहन्छ।
Thursday, December 31, 2015
setopati समाचार
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment