Thursday, December 3, 2015

भारतीय राज्यसभामा नेपाल संकटबारे हंगामा

नेपालको विषयमा भारतको राज्यसभामा पनि हंगामा, आजको बहस सर्‍यो

नेपालमाथि भारतले गरेको ब्यवहारले भारतको संसदमा आज पनि हंगामा भएको छ ।
भारतको उपल्लो सधन राज्य सभामा नेपाल भारत सम्बन्धको अवस्थाबारे शुरु भएको बहसमा सांसदहरुले विदेशमन्त्री सुष्मा स्वराजलाई सांसदहरुले र्‍याख र्‍याख्ती पारे ।
आज दिउसो भएको बहस शुरु हुना साथ अर्को दिनका लागि सारेर १५ मिनेटमै स्थगित भएको छ । नेपालको विषय गम्भिर भएको र यसलाई सुष्माले लिखित जवाफ दिएर सुख नपाउने भन्दै सांसदहरुले लामो समय बहस गर्न माग गरेका थिए ।
सुष्माले लिखित जवाफ पढेर सक्न नपाउँदै जेडियूका सांसद पवनकुरमा बर्माले मोदी सरकारको आलोचना गर्दै नेपालमाथि भैरहेको ब्यवहारको आलोचना गरे । नेपालको सम्बन्ध विगारेर मोदी सरकारले चीनसँग पुर्‍याएको भन्दै उनले आलोचना गरे ।
नेपालमाथिको छलफल तत्काल नसकिने भन्दै यो विषयमा अव लामो बहस गर्ने सहमति भएर सरेको छ ।
Reference:
http://www.khabarchitwan.com/36424/


No comments:

Post a Comment

Views