Wednesday, December 16, 2015

चम्चा देखि ल्यापटप चोर्ने तीन पक्राउ

चम्चा देखि ल्यापटप चोर्ने तीन पक्राउ

कोहलपुर- ईलाका प्रहरी कार्यालय कोहलपुरले दशै र तिहारको समयमा कोहलपुर बजार क्षेत्रमा चोरी कार्यमा संग्लन तीन जनालाई पक्राउ गरेको छ। बजार क्षेत्रका घरमा चोरीमा संग्लन भएको आरोपमा हुम्ला कालिका–८ लौठीका ३० बर्षीय नरप्रसाद जैसी, २४ बर्षीय कृष्णप्रसाद जैसी र १८ बर्षीय राजेन्द्र जैसीलाई सार्वजनिक गरिएको हो।
image
मंगलबार पत्रकार सम्मेलनमार्फत प्रहरीले कोहलपुर क्षेत्रका पाँच घरभित्र चोरीमा संग्लन जैसीसहित तीन जनालाई सार्वजनिक गरेको हो । चोरीका सामानसहित पक्राउ परेका जैसीको साथबाट प्रहरीले झण्डै १२ लाख मूल्य बराबरको सामान बरामद गरेको छ । उनीहरुको साथबाट प्रहरीले दशै र तिहारको समयमा कोहलपुर–१० ईन्द्रा रेश्मीमगर, अंगतबहादुर थापा, कोहलपुर–११ का दिपक ओली, मेनुका भण्डारी र देवेन्द्रकुमार केसीको घरबाट चोरी भएको ११ लाख ७१ हजार दुई सय मूल्य बराबरको सामान बरामत गरेको हो ।
प्रहरीका अनुसार जैसीले आफू हेलुथ असिस्टेन्ट रहेको, जाजरकोटमा मेडिकल रहेको भन्दै कोहलपुर–११ स्थित रन्जु आचार्यको घरमा भाडामा बस्दै आएका थिए । कृष्णप्रसाद र राजेन्द्रले नरप्रसादसंग चोरीमा संग्लन भएको ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी राजीव बस्नेतले बताए । उनीहरुले पाँच घरबाट चोरी गरेको सामान प्रहरीले कोहलपुर र कैलालीको लम्कीबाट पक्राउ गरेको उनले बताए। अन्य सामान अझै उनीहरुले लुकाएर राखेकोले खोजी अनुसन्धान जारी रहेको उनले बताए । प्रहरीले कोहलपुर नगरमा चोरी भएको बारे अनुसन्धान गर्न १३ प्रहरी सम्मेलित अपराध अनुसन्धान टोली गठन गरेको थियो ।
प्रहरीले बरामद गरेको सामानहरुमा महिला र पुरुषले लगाउने कपडादेखि घरमा सुत्न, बस्न प्रयोग हुने कपडा, ग्याँस, पंखा, घडी, मोबाईल, क्यामेरा, चम्चादेखि थाली, कचौरा, प्रेसर कुकुर, बाँटा, काँच र सीसाका भाडा, ग्याँस चूल्हो, हिटर, सिरक, साईकल, कम्प्युटर, टेबल, बाकस, चेकबुक, नागरिकता,राईस कुकर, चस्मा, स्पीकर, टिभी, नगद रुपैँया, सुन, दराज,चाँदी, गाग्री, किताव, कापी, ल्यापटप, गलैचासम्मका सामान रहेका छन् ।
Reference:nagariknews

No comments:

Post a Comment

Views