Sunday, December 27, 2015

बैंक अफ काठमाण्डू र लुम्बीनी बैंक गाभिने



९ पुस, काठमाडौं । राष्ट्र बैंकले चुक्ता पुँजी बढाउनु पर्ने व्यवस्था गरेपपछि पहिलोपटक दुई वाणिज्य बैंकले समकक्षी संस्थासँग मर्जर प्रक्रिया अगाडि बढाएका छन् । बैंक अफ काठमाण्डू र लुम्बीनी बैंकले बिहीबार एकआपसमा गाभिने सम्झौता गरेका हुन् ।
आर्थिक वर्ष २०७२/७३ भित्र मर्जर प्रक्रिया पुरा गरी बैंक काठमाण्डू लुम्बीनीका नाममा एकीकृत कारोबार गर्ने लक्ष्य राखिएको छ ।
मर्जरसम्बन्धी सम्झौतापत्रमा बैंक अफकाठमाण्डू अध्यक्ष सत्य नारायणमानन्धर तथा संचालक प्रा.डा. हेमराज सुबेदीले र लुम्बिनी बैंकका अध्यक्ष प्रकाश श्रेष्ठ तथा संचालक सुवर्णलाल श्रेष्ठले हस्ताक्षर गरे ।
मर्जरको निमित्त बैंक अफकाठमाण्डू र लुम्बिनी बैंकबीच सेयर आदानप्रदा रेसियो (स्वाप) १ः०.८३ पप्रतिशत हुने सहमति भएको छ ।
नियमनकारी निकाय र दुबै बैंकका साधारण सभाबाट स्वीकृति प्राप्त भएपश्चातमात्र सहमति कार्यान्वयन हुनेछ ।
दुबै बैंकले आर्थिक वर्ष २०७३/७४ भित्रन्युनतमपूँजी ८ अर्ब पुर्‍याउनु पर्ने नेपाल राष्ट्र बैंकको निर्देशन अनुरुप तयार पारेका पूँजी योजनाका आधारमा यो सहमती गरेको बताएका छन् ।
बैंक अफकाठमाण्डूको आर्थिक वर्ष २०७१/७२ मा चुक्ता पूँजी २ अर्ब १२ करोड रहेको थियो, जुन प्रस्ताव गरिएको बोनस सेयरको स्वीकृति पश्चात २ अर्ब ६७ करोड रुपैयाँ पुग्नेछ ।
त्यसैगरी, लुम्बिनी बैंक लि.को आर्थिक वर्ष २०७१/७२माचुक्तापूँजी २ अर्ब रहेको थिया,े जुन प्रस्तावगरिएको बोनस शेयरको स्वीकृतिपश्चात २ अर्ब ३० करोड रुपैयाँ पुग्नेछ ।
बैंक अफकाठमाण्डूका हाल देशभर विभिन्न स्थानमा ५१ शाखा संचालनमा रहेका छन् भने ५ थप नयाँ शाखा पनि खोलिने क्रममा छन् । लुम्बिनी बैंकका देशभर १८ स्थानमा शाखा रहेकाछन् । त्यसैगरी, बैंक अफकाठमाण्डूका ५७ एटीएम र लुम्बिनी बैंकका ५ एटीएम संचालनमा छन् ।
यस मर्जरबाट दुबै बैंकले आफ्नो पूँजी योजनाअनुरुप न्युनतम चुक्ता पूँजी पुर्‍याउन सहज हुने उद्देश्य लिएका छन् । साथै, यसबाट बैंकको आकारमा उल्लेख्य बृद्धिहुने, उत्पादकत्व बढ्ने, जोखिम बहन गर्न सक्ने क्षमता अभिबृद्धि हुने तथा देशको वित्तीय पहुँचमा सकारात्मक योगदान पुर्‍याउने आदिजस्ता लक्ष्य पनि लिइएको छ ।
Reference:
http://www.onlinekhabar.com/2015/12/366651/#sthash.xMw7Dfbc.dpuf

No comments:

Post a Comment

Views