Saturday, December 5, 2015

६ घन्टमात्रै खुल्छन् राजधानीका रेस्टुराँ

Resturant-in-Kathmandu
१८ मंसिर, काठमाडौं । सामान्य अवस्थामा दैनिक १४ घन्टाभन्दा बढी खुल्ने राजधनीका रेस्टुराँ अहिले चार देखि ६ घन्टासम्म मात्र खुल्ने गरेका छन् ।
ग्यास र मटि्टतेलको मौज्दात सकिएको र दाउरामा पकाउन सम्भव नभएका सबै रेस्टुराँले सेवा अवधि घटाएको रेस्टुराँ एन्ड बार एसोसिएसन अफ नेपाल (रेवान) का उपाध्यक्ष अनुपलाल कक्षपतिले बताएको नयाँ पत्रिकामा खबर छ ।
‘सबै रेस्टुराँमा दाउरा बाल्न सम्भव छैन्,’ कक्षपतिले भने, ‘कतिपय बन्द भइसके, सञ्चालनमा रहेकाले पनि सेवा अविधि र मेनुमा कटौती गरी सेवा दिइरहेका छन् ।’
सामान्य अवस्थामा राजधानीमा दिउँसो १० बजेदेखि राति १२ बजेसम्म रेस्टुराँहरु खुल्ने गरेका छन् ।
Reference:
http://www.onlinekhabar.com/2015/12/358289/#sthash.YK3uFttZ.dpuf

No comments:

Post a Comment

Views