त्यसैले परीक्षाका वेला छोराछोरीलाई यस्ता खाना खुवाउनु राम्रो हुन्छ :
- लाइट ब्रेकफास्ट खुवाउनुहोस् । फलफूल, खिचडी र ग्लुकोजपानीसहितको ब्रेकफास्ट यसका लागि उत्तम हुन्छ ।
- छोराछोरीलाई छिन–छिनमा थोर–थोरै खानेकुरा दिइरहनुहोस् । यसले दिमाग र शरीरलाई तन्दुरुस्त राख्छ । एकैपटक धेरै खाना खानाले शरीर आलस्य र दिमाग बोधो हुन्छ ।
- पढिरहेका वेला ताजा फलफूल, मह, सुप, सलाद आदि वेला–वेलामा दिइरहनुहोस् । यसले शरीरमा ऊर्जा र पानीको कमी हुन दिँदैन र उनीहरूलाई फूर्तिलो बनाउँछ ।
- मांसाहार नगर्ने छोराछोरीलाई आलस, फर्सी, तिलको बिउ र सोयाबिन पकाएर दिनुहोस् । यसले स्मरणशक्ति बढाउँछ ।
- शरीरमा पानीको मात्रा कम हुन नदिन समय–समयमा कागती पानी दिने गर्नुहोस् । पानी पिउन सहज होस् भनेर यसमा अलिकति चिनी अथवा मह पनि थप्न सकिन्छ । ग्रिन टी पनि उपयुक्त हुन्छ । पानीको मात्रा कम भयो भने शरीर आलस्य हुन्छ र पढ्नमा मन जाँदैन ।
- खानामा प्रोटिनजन्य खाद्य (अन्डा आदि) सामेल गर्नुहोस् । यसले मस्तिष्कमा एमिनो एसिडको मात्रा बढाउँछ, जसले छोराछोरीमा फूर्ति कायम राख्छ ।
- परीक्षाको तयारी गरिरहेका विद्यार्थीलाई क्याफिन भएका चिया, कोकजस्ता पेय पदार्थ सकेसम्म कम दिनुहोस् ।
- भिटामिन बी कम्प्लेक्सले व्यक्तिलाई तनावमुक्त गराउँछ । परीक्षामा छोराछोरीले तनाव नलिऊन् भन्नका लागि ब्राउन राइस, मेवा, ताजा सागसब्जी, फलफूल आदि दिनुहोस् । किनकि, यी खानामा भिटामिन बी कम्प्लेक्स पाइन्छ । परीक्षाका वेला सन्तानलाई बजारमा पाकेका खाना सकभर नखुवाउनुहोस् । बाहिरको खाना खानाले पेटमा गडबडी भयो भने परीक्षामा यसको नराम्रो असर पर्न सक्छ ।
Reference:
http://www.enayapatrika.com/2015/04/2917#sthash.o1cB8Ct9.dpuf
No comments:
Post a Comment